तनहुँ प्रहरीद्वारा विभिन्न मुद्दाका ९२ जना फरार प्रतिवादी पक्राउ
तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले चालु आर्थिक वर्षको चार महिनामा ९२ जना फरार प्रतिवादीलाइ पक्राउ गरेको छ । (एसपी) राजेन्द्रबाबु रेग्मीका अनुसार सम्मानित तनहुँ जिल्ला अदालतबाट विभिन्न मितिमा कैद सजाय पाइ फरार रहेका ९२ जना फरार प्रतिवादीहरुलाइ प्रहरीले पक्राउ गरेर कानुनी कठघरामा उभ्याउन सफल भएको हो ।
पक्राउ पर्नेमध्य ८० जना पुरुष र १२ जना महिला रहेकी छिन् । उनीहरुबाट ७३ वर्ष आठ महिना २९ दिन कैद भुक्तानी तथा २८ लाख ८३ हजार ३५५ जरिवाना असुल गर्न बाँकी रहेको (एसपी) रेग्मीले बताए । ।
तनहुँ प्रहरीले झन्डै दुइ बर्षयता फरार प्रतिवादीलाइ पक्राउ गर्ने अभियान सञ्चालनमा ल्याएको छ । सोही अभियान अन्तर्गत प्रहरीले २०२५ साल वैशाख १४ गते फैसला भई लामो समयदेखि फरार रहदै आएका एक प्रतिवादीलाई झन्डै २६ वर्षपछि पक्राउ गर्न सफल भएको थियो ।
त्यस्तै, प्रहरीले चालु आर्थिक वर्षको चार महिनामा १५४ मुद्दा दर्ता भएकामा ५२ मुद्दा फछ्र्यौट गर्न समेत सफल भएको छ भने ८९ जनालाई पक्राउ गरेको छ । जस्मा एक जना अझै फरार छन् भने, २४ जना पुर्पक्षका लागि अहिले थुनामा छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्