एमाले महाधिवेशनलाई सत्यमोहन जोशीको शुभकामनाः समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्पमा सफलता मिलोस्
काठमाडौँ, २ मंसिर । संस्कृतिविद एवम् शताब्दी पुरुष सत्यमोहन जोशीले नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि शुभकामना दिएका छन् ।
उनले मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनलाई जोशीले शुभकामना दिएका हुन् ।
उनले नेकपा एमालेले समृद्ध नेपाल, सुखी नेपालीको अवधारण ल्याएको त्यसको कार्यान्वयनका लागि राष्ट्रिय संकल्पमा सफालता मिलोस् भन्दै शुभकामना दिए ।
यस्तो छ उनको शुभकामना सन्देशः
वास्तवमा विभिन्न पार्टीहरु आफ्ना लक्ष्य र आकाङ्क्षा लिएर राष्ट्र निर्माणका क्रममा लागिरहेका हुन्छन् ।
त्यस पृष्ठभूमिमा एमालेले सरकारमा हुँदा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को एउटा राष्ट्रिय संकल्प ल्याएको थियो ।
त्यो प्रचारमा पनि आएको थियो त्यसबेला । त्यो स्वागतयोग्य थियो । त्यसको कार्यान्वयनमा विभिन्न अवरोधहरु भए तर समृद्ध नेपालका लागि अनेक किसिमका आयोजना—परियोजनाहरु कार्यान्वयनमा आएका थिए । संकल्प नै भएन भने के गर्ने? लक्ष्य नै भएन भने कहाँ जाने ? त्यसैले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने ज्यादै राम्रो लाग्यो मलाई ।
मान्छेले खानापिन पाएर मात्रै हुँदैन । कला, कृति, साहित्य संस्कृति सबैको उन्नति हुनुपर्छ । जनजीवन माथि उठ्नुपर्छ । मुलुक चलायमान र समृद्ध हुनुपर्छ । जीवन स७३घढसखी बनाउन समृद्ध नेपालको नारा सामयिक छ । त्यसैले यो नारा
कार्यान्वयनमा सफलता मिलोस् ।
एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि म शुभकामना दिन चाहन्छु । एक पार्टीभन्दा दुई वा धेरै पार्टी हुनु पनि राम्रो हो । सबै पार्टीको लक्ष्य समृद्ध नेपाल नै हुनुपर्छ । पार्टीहरु हिँड्ने हरेक बाटो भने फरक हुनसक्छ । तीमध्ये मलाई एमालेको समृद्ध नेपालको बाटो ज्यादै मन परेको छ । यसको सफताको कामना गर्दछु ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #सत्यमोहन जोशी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्