लागूऔषध चरेस कारोवारमा संलग्न थप एक जना पक्राउ
चितवन । लागूऔषध चरेस कारोवारमा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको कंलकीमा डेरा गरी बस्ने २३ बर्षीया सलिना खड्का गिरी रहेकी छिन् ।
उनलाई लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले कार्तिक २९ गते (सोमबार) दिउँसो ४ बजेको समयमा काठमाडौं महानगरपालिका १३ स्थित कालिमाटीबाट पक्राउ गर्न सफल भएको हो ।
पक्राउ परेकी उनलाई हिजो (बुधबार) बिहान लागूऔषध नियन्त्रण ब्यूरोबाट आएका प्रहरी हवल्दारको टोलीले जिल्ला प्रहरी कार्यालय चितवनको जिम्मा लगाएको थियो । घट्ना टाँडी प्रहरीको मातहतको भए पनि टाँडीमा महिलाको लागी थुनुवा कक्ष नरहेकोले उनलाई जिल्लामा राखी टाँडी प्रहरीले नै अनुसन्धान गरिरहेको छ ।
चरेससहित पक्राउ परेका अभियुक्तहरुसँग निरन्तर फोन सम्पर्कमा रहेकी ती महिलालाई थप अनुसन्धान गर्नुपर्ने देखिएकोले पक्राउ गरिएको बताइएको छ । पक्राउ परेका आरोपित संग ती महिलाले निरन्तर फोन सम्पर्क गर्ने गरेको पाइयो, त्यसैको आधारमा उनलाई पक्राउ गरिएको हो ।
ती प्रहरी अधिकृतले भने, अन्य कुरा त थप अनुसन्धानबाट खुल्ला नै । उनीमाथि लागूऔषध कसुरमा सम्मानित चितवन जिल्ला अदालतबाट तेह्र दिनको म्याद थप गरी अनुसन्धान गर्ने कार्य भइरहेको चितवन प्रहरीले जनाएको छ ।
यस अघि प्रहरीले रत्ननगर नगरपालिका १५ बस्ने बर्ष ३२ का उद्वव अधिकारी, लमजुङ बस्ने बर्ष २५ का सुजन गुरुङ, सोही ठाउँ बस्ने बर्ष २३ का सुजन सार्कीलाइ पक्राउ गरिसकेको छ ।
उनीहरुलाइ ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) इन्द्रबहादुर रानाको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले गत, शनिबार बिहान ५ बजे रत्ननगर नगरपालिका ३ शान्तिचोकस्थित लोकप्रिय टोलबाट स्थानीय विष्णु पन्तको घरमा उद्धव अधिकारीले गोदाम बनाई लुकाइराखेको अवस्थामा ३२ वटा कार्टुनमा १९२ वटा चेवनपरासको भाँडामा राखिएको एक सय ८४ किलो ३५० ग्राम चरेससहित पक्राउ गरेको थियो ।
चरेससहित पक्राउ परेका उनीहरुउपर समेत लागूऔषध ओसारपसार शिर्षकमा आइतबार नै सम्मानित चितवन जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीहरुलाइ हाल ईलाका प्रहरी कार्यालय टाँडीको हिरासतमा राखिएको छ ।
यस बिषयमा टाँडी प्रहरीले भने घट्ना अनुसन्धानकै सिलसिलामा रहेकोले थप केही कुरा बताउन नमिल्ने बताउँदै आएको छ । अन्य ब्यक्तिको समेत संलग्नता हुन सक्ने र थप आरोपित भाग्न सक्ने वा अनुसन्धान प्रक्रिया नै प्रभावित हुन सक्ने भन्दै प्रहरीले औपचारिक रूपमा कुनै प्रतिक्रिया दिन मानिरहेका छैनन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्