Techie IT
बुधबार, मंसीर ३,२०८३

बौडेश्वर मन्दिरमा बाजागाजा ,भजन तथा लोक दोहोरी सहित चतुदर्शी भेला हुँदै


राजाराम अधिकारी

झोर काठमाडौं । झोरको बौडेश्वर मन्दिरमा यही मंसीर २ गते बैकुंठ चतुदर्शीका दिन भब्य मेला लाग्ने भएको छ ।

मेला ब्यवस्थापन तथा संचालन मूल समितिको अनुसार २ गते साँझ मन्दिर परिसरमा दिप प्रजलन , खैजडी भजन , धिमे बाजा , लोक बाजा ,लोक दोहोरी , आरती हुने छ । झोरका पुराना भजन मण्डली , स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती हुनेछ ।

धार्मीक तथा सांस्कृतिक मेलामा पहिचान सहितको भेष भुसा तथा बाजा सहितको उपस्थीती हुनेछ भने मेलामा सहभागी हुन सम्पूर्ण भक्तजनहरुलाई सहभागी हुन मेला ब्यवस्थापन तथा संचालन मूल समितिले बिषेश आग्रह समेत गरेको छ ।

धार्मीक , साँस्कृतिक तथा एतिहाँसीक महत्व बोकेको बौडेश्वर महादेव मन्दिरमा पछिल्लो समय पर्यटककीय गन्तब्यका रुपमा पनि प्रसिद्ध छ ।


क्याटेगोरी : समाचार
ट्याग : #झोरको बौडेश्वर मन्दिर


तपाईको कमेन्ट लेख्नुहोस्