यौन स्वास्थ्य तथा आत्मरक्षा सम्बन्धी कार्यक्रम
काठमाण्डौं । राष्ट्रिय शारीरिक अपाङ्ग संघको आयोजना तथा (MIUSA) Mobility international usa र CHANNEL FOUNDATION सहयोगमा यौन तथा प्रजनन स्वास्थ्य तथा आत्मरक्षा विषयक एक दिने अन्तरक्रिया कार्यक्रम काठमाण्डौंमा सम्पन्न भएको छ । सो कार्यक्रममा आयोजक राष्ट्रिय शारीरिक अपाङ्ग संघका अध्यक्ष किरण शिल्पकारले यौन स्वास्थ्य तथा सुरक्षाको विषयमा अपाङ्गता भएका महिलाहरुले पनि जानकारी लिनु पर्ने बताउदै स्वागत मततव्य राख्नु भएको थियो ।
सोही क्रममा अपाङ्गता अधिकारकर्मी तथा समानताका लागि आवाजकी अध्य्रक्ष रमा ढकालले आफु श्रीलङ्ककामा गएर यौन तथा स्वास्थ्य र आत्मरक्षाको विषयमा सिकेका कुराहरु बताउदै अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४ मा उल्लेख गरिएको अपाङ्गताको प्रकारको विषयमा प्रष्ट पार्नु भएको थियो ।
त्यसै गरी अपाङ्गता तथा युवा अधिकारकर्मी सरिता लामिछानेले यौन तथा प्रजनन् स्वास्थ्यको विषयमा सहजिकरण गर्दै यस्ता विषयहरुमा अपाङ्गता भएका महिलाहरुले पनि जानकारी राख्नु पर्ने बताउनु भयो । सो यौन स्वास्थ्य तथा आत्मरक्षा सम्बन्धी कार्यक्रममा फाइट ब्याक नेपालका प्रमुख प्रशिक्षक उद्धव थापा मगरले आत्मरक्षाको तालिमलाई प्रयोगात्मक रुपमा सिकाउनु भएको थियो भने सोही संस्थाका प्रयोगात्मक प्रशिक्षक अरमानराज पाण्डेले आत्यमरक्षा भनेको के हो ?, यो किन आवश्यक हुन्छ भनि प्रष्ट पार्नु भएको थियो ।
सो आत्मरक्षाको प्रयोगात्मक अभ्यासमा उक्त फाइट ब्याक नेपालका सहायक प्रशिक्षक पुजा गुरुङ् र इन्ट्रन अनुशा श्रेष्ठले पनि सहयोग गर्नु भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #यौन स्वास्थ्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो






तपाईको कमेन्ट लेख्नुहोस्