टोखाले सहयोगीलाई सम्मान गर्ने
टोखा नगरपालिकाले नगरपालिकाभित्र विभिन्न माध्यमबाट सहयोग पु¥याउने सहयोगीदातालाई सम्मान गर्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले विसं २०७४ वैशाखदेखि हालसम्म नगरपालिकाभित्र विभिन्न माध्यामबाट सहयोग पु¥याउने सहयोगीदातालाई सम्मान गर्न लागेको हो ।
नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखामा जनप्रतिनिधि बहाल भएपछि हालसम्मको समग्र क्रियाकलाप तथा प्रगतिको अवस्था झल्कने ‘नगरको संस्करण पुस्तिका प्रकाशन, सार्वजनिक सुनुवाइ एवं सहयोगीदातालाई सम्मान’ गर्न लागिएको जानकारी दिनुभयो । टोखाले नगरपालिकाभित्रका उपभोक्ता समिति र उपभोक्ता समितिको पदाधिकारीको नामावली (पदसहित), कोरोना महामारीमा आर्थिक÷सामाग्री सहयोग गर्ने व्यक्ति एवं संस्था, कोरोना महामारीमा सहयोग गर्ने स्वयंसेवक, कोरोना महामारीमा प्लाज्मा दान गर्ने व्यक्ति, कोरोना महामारीमा अहोरात्र खटिने स्वास्थ्यकर्मीलाई सम्मान गर्न लागेको हो ।
यस्तै, नीति निर्माणमा सल्लाह दिने महानुभाव, नगरपालिकाभित्र सबैभन्दा बढी कर तिर्ने करदाता, योग साधनामार्फत स्वास्थ्य सेवा प्रदान गर्ने योग साधकहरु, टोखाका चाकु उत्पादक, मनोपरामर्शदाता र प्रतक्ष्य एवं अप्रतक्ष्यरुपमा टोखालाई सहयोग पु¥याउने व्यक्तिलाई सम्मान गर्न लागिएको नगरपमुख अधिकारीले बताउनुभयो । टोखाले सम्मानका लागि योग्य व्यक्ति एवं संस्थालाई आफ्नो विवरण कात्तिक २३ गतेभित्र नगरपालिकामा उपलब्ध गराउन सबैलाई आग्रहसमेत गरेको छ ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #टोखा नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्