काठमाडौँ विश्वविद्यालय र महेश संस्कृत गुरुकुलले अनुसन्धानमा सहकार्य गर्ने
काठमाडौँ विश्वविद्यालय र महेश–संस्कृत–गुरुकुलका बीच आपसी सहयोग र सहकार्यका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ । विश्वविद्यालयको स्कुल अफ आर्ट्सअन्तर्गत सञ्चालित हिमालय सेन्टर फर एसियन स्टडिज (हिकास) र गुरुकुलअन्तर्गत सञ्चालित रामानन्द–अनुसन्धान–केन्द्र (आरआरसी) बीच शुक्रबार सम्झौता भएको हो । पौरस्त्यभाषा, पूर्वीय दर्शन, साहित्य, संस्कृति र हिमाली सभ्यताजस्ता विषयमा संयुक्तरूपमा अध्ययन अनुसन्धान गर्ने एवं प्राचीन अभिलेख, पाण्डुलिपि तथा योग आयुर्वेद, परम्परागत चिकित्सा विधिजस्ता व्यवहारोपयोगी विषयमा संयुक्तरूपमा अध्ययन अनुसन्धान गर्न दुवै पक्षबीच सहमति भएको हो ।
सम्झौतासँगै प्राविधिक क्षेत्रमा फड्को मारिरहेको विश्वविद्यालय र आध्यात्मिक दर्शनको क्षेत्रमा अग्रणी भूमिकामा रहेको महेश संस्कृत गुरुकुलले आपसमा सहयोगको आदान प्रदान गर्ने सहमति गरेका हुन् । विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा र महेश–सन्यास आश्रमका पीठाधीश स्वामी रमणानन्द गिरिको विशेष उपस्थिति रहेको कार्यक्रममा हिमालय सेन्टर फर एसियन स्टडिजका तर्फबाट सुश्री एक्कुमाया पुन एवं रामानन्द–अनुसन्धान–केन्द्रका तर्फबाट सहप्राध्यापक डा गुरुप्रसाद सुवेदीले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेल, विश्वविद्यालयका कुलसचिव प्रा डा सुबोध शर्मा, संस्थापक कुलसचिव प्रा डा सीताराम अधिकारी, पूर्व कुलसचिव भद्रमान तुलाधर, प्रा शिवगोपाल रिसाल, शिक्षाविद् प्रा डा विद्यानाथ कोइराला एवं आध्यात्मिक अभियानकर्मी डा चिन्तामणि योगीको समेत उपस्थिति थियो ।
नेपालमा गुरुकुल शिक्षाका अभियानकर्मी एवं महेश सन्यास आश्रमका संस्थापक श्री १००८ डा स्वामी रामानन्द गिरीको संस्मरणका साथ सञ्चालन गरिएको कार्यक्रममा वक्ताले आध्यात्मिक क्षेत्रमा स्वामीले दिनुभएको विशिष्ट योगदानको चर्चा गर्नुभएको थियो । सो अवसरमा रामानन्द रिसर्च सेण्टर (आरआसी) द्वारा प्रकाशित प्रा डा विद्यानाथ कोइरालाको कृति ‘पुख्र्याैली विज्ञान’ को विमोचनसमेत गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौँ विश्वविद्यालय, #महेश संस्कृत गुरुकुल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्