आजबाट एस्ट्राजेनिका खोप
जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौँले आजदेखि कोरोना भाइरस विरुद्धको एस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाउन थालेको छ । साउनदेखि असोज महिनासम्म एस्ट्राजेनिका खोप लगाएका व्यक्तिलाई आजदेखि तीन दिनसम्म दोस्रो मात्राको खोप लगाउन थालिएको कार्यालयका प्रमुख शम्भु काफ्लेले जानकारी दिनुभयो ।
एस्ट्राजेनिका खोप लगाएका व्यक्तिलाई कोभिसिल्ड लगाउन थालिएको हो । एस्ट्राजेनिका र कोभिसिल्ड एउटै फर्मुलाबाट बनेको खोप हुन् । उहाँका अनुसार काठमाडौँ जिल्लाका सबै स्थानीय तहका वडा कार्यालयबाट खोप लगाउन थालिएको हो ।
काठमाडौँ महानगरपालिकाको वडा बाहेक परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, निजामति कर्मचारी अस्पताल, वीर अस्पताल, नेपाल प्रहरी अस्पताल र वीरेन्द्र सैनिक अस्पतालबाट पनि खोप लगाइने छ । करिब ८६ हजार १४२ जनालाई यसचरणमा खोप प्रदान गर्न थालिएको हो ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #एस्ट्राजेनिका खोप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्