सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले उकालो लागेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ६०० तोकिएको छ ।
उक्त धातु सोमबार प्रतितोला रु ९२ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँको सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।
महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य आज प्रतितोला रु ९२ हजार १०० रहेकामा सोमबार ९१ हजार ९०० थियो ।महासङ्घका अनुसार आज चाँदीको मूल्य स्थिर रहेकाले प्रतितोला रु एक हजार २६५ कायम छ । चाँदी सोमबार प्रतितोला सोही मूल्यमै कारोबार भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : ##सुनको भाउ बढ्यो, #चाँदीको स्थिर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्