नगर प्रमुखलाई इन्सेकको ज्ञापनपत्र
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) वाग्मती प्रदेश अन्तर्गतको मानवअधिकार समूहकोे नगरस्तरीय मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य, आवास तथा खाद्य अधिकार सुनिश्चितताको माग गर्दै आज चाँगुनारायण नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।
समूहका संयोजक बच्चुराम न्यौपानेको नेतृत्वमा आएकोे टोलीले प्रमुख सोमप्रसाद मिश्रलाई बुझाएको ज्ञापनपत्रमा नगरपालिकाका नागरिकमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासमा देखापरेको समस्या पहिचान गर्दै समाधानका लागि ज्ञापनपत्र बुझाएको हो । शिक्षामा विषयगत शिक्षकको पदपूर्ति गर्न, स्थानीय पाठ्यक्रममा बाल तथा मानवअधिकारसम्बन्धी विषय समावेश गर्न, विद्यालयको निरन्तर अनुगमन गर्न, शैक्षिक सुधारका लागि योजना बनाउन, सबै विद्यार्थीमा प्राविधिक शिक्षाको पहुँच पु¥याउन, सामुदायिक विद्यालयका विद्यार्थीमा अनलाइन कक्षाको पहुँच पु¥याउन, अपाङ्गमैत्री शौचालयलगायत माग राखिएको छ ।
स्थानीय क्षेत्रमा रहेको स्वास्थ्य समस्या हटाउन, म्याद गुज्रेका दैनिक औषधि बिक्री रोक्न, कोभिड– १९ को महामारीमा स्वास्थ्य केन्द्रमा भएको लापर्वाही र निःशुल्क पाइने औषधि अभाव अव हुन नदिन, निःशुल्क पाइने औषधिको नामावली सार्वजनिक स्थानमा राख्न, एम्बुलेन्ससेवा सबै वडाबाट सञ्चालन गर्न, आवश्यकतानुसार स्वयम्सेवक परिचालन गर्न केन्द्रमा प्रसूति सेवा विस्तार थर्न र समुदायमा सञ्चालित स्वास्थ्य सेवाबार जानकारी गराउन माग गरिएको छ ।
खाद्य वस्तुको गुणस्तर जाँच गर्न, बजार अनुगमन गरी म्याद गुज्रेका, तौल नपुगेका र महँगोमा सामान बेच्नेलाई कारबाही गर्न, कृषि भूमिको माटो परीक्षण गरी जग्गा खाली राख्नेलाई कारबाही गर्न र राम्रा कृषकलाई प्रोत्साहन एवं अनुदानका कार्यक्रम ल्याउन पनि जोड दिइएको छ भूमिहीन भूकम्प पीडितको समस्या समाधान गर्न आवासविहिनलाई बसोबासको व्यवस्था गनलगयत विषयमा ज्ञापनपत्रमा जोड दिइएको छ े । संयोजक न्यौपानेसहित समूहका सदस्य प्रल्हादप्रसाद वन, रामगोपाल श्रेष्ठ, राजेश शाही ठकुरी, रामबहादुर श्रेष्ठलगायत टोलीमा सहभागी थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), #चाँगुनारायण नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्