पर्यटन प्रवद्र्धनका लागि नेपाल र भारतबीच सहकार्य गरिने
नेपाल र भारतबीच दुवै देशको पर्यटन प्रवद्र्धनका लागि सहकार्य गरिने भएको छ । उक्त प्रयोजनका निम्ति नेपाल पर्यटन बोर्ड र भारतको ट्रावल एजेन्टस् एशोसिएशन अफ इण्डिया (टाई) बीच दुई देशीय पर्यटन प्रवद्र्धनका लागि आसपी सहकार्य गर्ने सम्झौता गरिएको हो ।
नयाँ दिल्लीमा यही अक्टोबर २२ तारिखमा आयोजित एक कार्यक्रमबीच बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मी टाईका अध्यक्ष ज्योति मायालले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको बोर्डले आज विज्ञप्तिमार्फत जनाएको छ ।
सम्झौताअनुसार बोर्ड तथा टाइले आयोजना गर्ने पर्यटन प्रवद्र्धनका विभिन्न ‘इभेन्ट’,‘रोड सो’, वेवीनार जस्ता कार्यक्रममा आपसी सहकार्य गर्ने तथा दुवै देशमा आयोजना हुने राष्ट्रिय तथा क्षेत्रीय कार्यक्रम, ट्राभल मार्ट जस्ता कार्यक्रममा आमन्त्रण गर्नेलगायतका विषय समावेश छन् ।
भारत नेपालका प्रमुख पर्यटकीय स्रोत बजार रहेकाले यस सम्झौताले नेपालको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने बोर्डका कार्यकारी प्रमुख डा रेग्मीले बताउनुभयो । उहाँले एक अर्को देशमा भएका पर्यटन प्रवद्र्धनका राम्रा अभ्यास आदानप्रदान गर्दा दुवै देशको पर्यटन प्रवद्र्धनमासमेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
क्याटेगोरी : पर्यटन, समाचार, देश परदेश
ट्याग : #पर्यटन, #पर्यटन प्रवद्र्धन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्