क्षमायार्चना :
आज मिति : २०७८ भाद्र २८ गते हाम्रो यस साझापाना अनलाइन संस्करणमा “मुख्यालयको निर्देशन बिपरित बर्दीमै टिकटक बनाउने यी हुन् शक्तिशाली प्रहरी” बिषयक समाचार असावधनीवश प्रकाशित हुन गएकोले हामी क्षमाप्रार्थी छौँ ।
हाम्रो उद्देश्य कसैले कसैलाई बदनाम गराउने, चरीत्र हत्या गर्ने तथा कसैलाई पनि तल देखाउने होइनन् र हुँदैन पनि । यसैक्रम्मा, हामीलाइ एक बिश्वस्त प्रहरी स्रोतले निज आरोपित प्रहरी हवल्दार सुरेन्द्र साह तेलीले प्रहरी आचारसंहिता बिपरित सामाजिक सञ्जालको दुरुपयोग गरेको भनी सूचना दिएपछि निजको सूचना लाइ नै प्राथमिकतामा राखी त्यस्को अध्ययन समेत नगरी हामीले समाचार सम्प्रेषण गरेका थियौं ।
निजले उपलब्ध गराएको भिडियो प्रमाण तथा फोटोको आधारमा हामीले उक्त समाचार सम्प्रेषण गर्यौं, पछि निज हवल्दारको टिकटक आइडीको अध्ययन गर्ने क्रममा हामीले त्यस्तो केही फेला पारेनौं । सूचना दिने ब्यक्ति संगै बुझ्ने क्रममा उक्त भिडियो डेढ बर्ष अघिकै रहेको र रिसइबीको आधारमा उक्त सूचना दिइएको कुरा जानकारीमा आयो । अरुलाइ बदनाम गराउने उद्देश्यले कसैले पनि हामीलाई पुरानो फोटो तथा भिडियो पठाइ कसैको पनि अस्तित्वमाथि नखेलिदिनुहुन हामी / हाम्रा सबै पाठकसमक्ष अनुरोध गर्दछौं ।
अब उत्प्रान्त खबर संकलनको बिषयमा हामी अझै गम्भीर भई त्यस्को अध्ययन गरी बिश्वसनियतामा लागी सम्प्रेषण गर्ने प्रतिबद्धता ब्यक्त गर्दछौँ । साथै, असावधनीवश प्रकाशित हुन गएको उक्त समाचार तत्कालै अनलाइन संस्करणबाट समेत हटाइएको छ । यसबाट सम्बन्धि निकायमा पर्न गएको असुविधा प्रति यस अनलाइन क्षमाप्रार्थी छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्