नवजीवन नवदुर्गा सम्मान २०७८ सम्पन्न
काठमाडौं : नवजीवन परोपकार समाजले पहिलो नवजीवन नवदुर्गा सम्मान २०७८ बाट नौं जना नारिहरु सम्मान गरेको छ । विभिन्न क्षेत्रमा रही सामाजिक धार्मिक सांस्कृतिक कार्यमा उच्च योगदान गर्ने तथा कोरोना कालमा आफ्नो जीवनको प्रवाह नगरी मानवसेवा तथा पशुपन्छी सेवामा लागेका ९ जना नारीलाई सम्मान गरेको हो ।
नवजीवन परोपकार समाजले सडक मानवको उद्धार तथा घाइते पशुपन्छीको उद्दार गरि उपचार गर्ने र विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।
नवजीवन आश्रमले गरेको उक्त सम्मान कार्यक्रममा मुख्य अतिथि तार्केश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा,विशिष्ट अतिथि उपमेयर भवानी ढोटेल,वडा नं ७ का वडा अध्यक्ष सानुकाजी खत्री र बरिष्ठ अभिनेत्री गौरी मल्ल,कलाकार तथा निर्माता राजेन्द्र केसी (राजु) तथा अन्य बिशिष्ट व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम भएको थियो ।

क्याटेगोरी : समाचार
ट्याग : #नवजीवन नवदुर्गा सम्मान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्