३ नं प्रदेशसभाको बैठकका लागि केही नयाँ विधेयक प्रस्तुत गर्ने
प्रदेश नं ३ को प्रदेशसभा सचिवालयमा आज अपराह्न बसेको कार्य परामर्शको बैठकले भोलि बस्ने प्रदेशसभाको बैठकका लागि केही नयाँ विधेयक प्रस्तुत गर्ने निर्णय भएको छ ।
भोलि असोज १ गते बस्ने प्रदेशसभाको बैठकमा प्रदेश मामिला समितिबाट प्राप्त प्रतिवेदनसहित स्वास्थ्य सेवासम्बन्धी विधेयक २०७५ र संस्था दर्तासम्बन्धी विधेयक २०७५ प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ ।
यसैबीच प्रदेशसभाको बैठकले विभिन्न मितिमा पारित गरेको सातवटा विधेयक प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालालाई प्रमाणीकरण गर्न आज त्यसतर्फ पठाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव भरतकुमार बुढाथोकीले राससलाई जानकारी दिनुभयो । केही दिनभित्रै ती विधेयकलाई सोही बैठकले पारित गर्ने लक्ष्य रहेको प्रदेशसभा सचिवालयका उपसचिव मोहनराज निरौलाले बताउनुभयो । प्रदेश नं ३ प्रदेशसभाको बैठक असोज १ गते अपराह्न बस्ने भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #३ नं प्रदेशसभा, #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्