कांग्रेसमा देउवाको पोजिशन बलियो, ११ सभापतिमध्ये पौडेलका जम्मा एक
काठमाडौं, २२ असोज । नेपाली कांग्रेसको सम्पन्न ११ जिल्ला सभापतिको निर्वाचनमा सात जिल्लामा सभापति शेरबहादुर देउवा पक्षीय नेताहरूको शानदार जित भएको छ ।
बिहीबार बिहानसम्म आएका विभिन्न जिल्लाको मतपरिणाम अनुसार ताप्लेजुङ, मनाङ, रुकुम पूर्व, हुम्ला, रामेछाप, मुगु, गोरखा, संखुवासभा, कालिकोट, दोलखा र मुस्ताङको जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
ताप्लेजुङका गजेन्द्र तुम्याहाङ्, मनाङका शंकर गुरुङ, रुकुम पूर्वका केशरमान रोका, हुम्लाका मोहनविक्रम शाही, रामछापका कान्छाराम लामा, मुगुका ऐनबहादुर शाही र गोरखाका नन्दप्रसाद न्यौपोने देउवा पक्षियी सभापतिहरू हुन् ।
संखुवासभाका दीपक खड्का र मुस्ताङका रोमी गौचन थकाली महामन्त्री शशांक कोइराला निकट मानिन्छन् ।
पूर्वमन्त्री समेत रहेका मुस्ताङका सभापति थकालीले आफू कुनै गुटभन्दा पनि कांग्रेस बलियो हुनुपर्छ भन्ने पक्षमा रहेको बताउने गरेका छन् । उनले गुटहरू अन्त्य हुनुपर्ने बताउने गरेका छन् ।
दोलखाका सभापति बर्मा लामा जिपछिङ लामा निकट हुन् । उनी पनि देउवा पक्षमै आउने सम्भावना छ ।
कालिकोट अम्मबहादुर शाही भने नेता रामचन्द्र पौडेल निकटका हुन् । हालसम्म सम्पन्न भएका ११ जिल्ला सभापतिहरूमा देउवा पक्षले एकलौटी पकड जमाएको छ ।
यसअघि सभापति देउवा निकटका सभापतिहरूले गाउँ र नगर अधिवेशनमा कब्जा जमाइसकेका छन् । स्थानीय तहमा देउवा समूह जबरजस्त रुपमा आएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #congress
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्