Techie IT
बुधबार, मंसीर ३,२०८३

भुषण दाहालले चलाउने ‘ नेपाल स्पेल बी’ अवबाट कान्तिपुर टेलिभिजनमा


काठमाडौँ– भूषण दाहालले चलाउने कार्यक्रम ‘नेपाल स्पेल बी’को चौथो सिजन  बुधबारदेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने भएको छ । । शब्दावली सम्बन्धी कार्यक्रम ‘कोलगेट नेपाल स्पेल बि’ साताको हरेक बुधबार बेलुका ९ बजेदेखि १० बजे सम्म प्रशारण हुने छ।

अंग्रेजी शब्दको ‘स्पेलिङ’ (हिज्जे) उच्चारण सम्बन्धी यो कार्यक्रम माध्यमिक तहका विद्यार्थीहरुको शब्दावली बढाउनेसँग सम्बन्धित रहेको निर्माण पक्षको दावी छ।

कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई नेपालभरका विभिन्न २५ शहरबाट अडिशनमार्फत छनौट गरिएको थियो । प्रतियोगिहरु इलाम, विर्तामोड, दमक, चितवन, पोखरा, सुर्खेत, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे लगायतका स्थानबाट सहभागी रहेका छन्।

माध्यमिकतहदेखि प्लस टु सम्मका विद्यार्थीहरु कार्यक्रममा सहभागी रहेको आयोजक तथा मालिन मिडिया प्रालीका प्रबन्धनिर्देशक महेश पोखरेलले जानकारी दिए। नेपाल स्पेल बि राष्ट्रिय स्तरमा सञ्चालन भएको पहिलो स्पेलिङ प्रतियोगिता हो। प्रतियोगिता प्रारम्भिक, क्वालिफाइङ, पहिलो र दोस्रो अडिसन, उत्कृष्ट ३, उत्कृष्ट २ , फाइनल र ग्राण्ड फिनाले गरेर सञ्चालन गरिने छ।

२८ साता चल्ने उक्त कार्यक्रमले विजयी विद्यार्थीहरुलाई छात्रवृती तथा प्रोत्साहन स्वरुप पुरस्कारको समेत व्यवस्था गरेको छ । नेपालभरीका करिब २३०० स्कुल कलेजको सहभागीता रहेको उक्त कार्यक्रमको मुख्य प्रायोजनमा कोलगेट रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #नेपाल स्पेल बी


तपाईको कमेन्ट लेख्नुहोस्