यी हुन् संभावित नयाँ मन्त्रीहरू
असोज । लामो समयपछि प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
देउवाले माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपाल (जसपा)सँग मन्त्रीको नाम मागेको स्रोतले जनाएको छ । देउवाले संभवत बुधबार वा बिहीबारसम्म मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् ।
देउवाले कांग्रेसको तर्फबाट नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र नेता कृष्णप्रसाद सिटौला समूहबाट मन्त्री बनाउनेछन् ।
कांग्रेसले ७, माओवादी, जसपा र एकीकृत समाजवादीले ५ मन्त्री र एक राज्य मन्त्री पाउनेछन् ।
पौडेल समूहभित्र मन्त्रीका लागि सुजाता कोइराला, मीनेन्द्र रिजाल, दिलेन्द्र बडु, तेजुलाल चौधरीको नाम चर्चामा छ । पौडेलले बडुलाई मन्त्री बनाउन खोजेका छन् ।
महामन्त्री शशांक कोइरालाले आफ्नी दिदी सुजाता कोइरालालाई मन्त्री बनाउन चाहेका छन् । नेता सिटौलाले उमाकान्त चौधरीलाई मन्त्री बनाउन चाहेका छन् । सिटौलालाई भीमसेनदास प्रधानलाई मन्त्री बनाउन दवाव छ ।
प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक रुपमा मन्त्रीको सूची तयार पारेको चर्चा छ ।
माओवादीले यसअघि जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई उर्जा मन्त्रीका रूपमा सरकारमा पठाएको छ । माओवादीबाट दीनानाथ शर्मा, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, सुरेशकुमार राई, अमनलाल मोदी, सुदन किराती, जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठलगायतको नाम चर्चामा छ ।
नेकपा (एकीकृत समाजवादी)ले ६ जना मन्त्री पाउनेछ । विरोध खतिवडा, मेटमणि चौधरी, शेरबहादुर कुँवर, रामकुमारी झाँक्री, भवानी खापुङ, प्रेम आले, सोमनाथ पाण्डे र जीवनराम श्रेष्ठ मध्येबाट ६ जना मन्त्री बन्नेछन् ।
जसपाबाट महिन्द्र राय यादव, राजकिशोर यादव, राजेन्द्र श्रेष्ठ, प्रमोद साह, रेणु यादवलगायतको नाम चर्चामा छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #संभावित नयाँ मन्त्रीहरू
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्