मुद्दा मिलाइदिन्छु भनी ठगी गर्ने कानुन ब्यवसायी पक्राउ
चितवन । चितवनमा मुद्दा मिलाइदिन्छु भनी पैसा माग गर्ने कानुन ब्यवसायी पक्राउ परेका छन् । कालिका नगरपालिका वडा नंम्बर ५ पदमपुर बस्ने ५० बर्षिया कानुन व्यवसायी रामचन्द्र देवकोटालाइ प्रहरीले (आइतबार) पक्राउ गरी सार्वजनिक गरेको हो ।
देवकोटाले आफैंले नागरिकताको विषयमा जाहेरी दरखास्त लेखेर जाहेरीमा प्रतिवादीको रुपमा उल्लेख गरिएका व्यक्तिसंँग पटकपटक फोन सम्पर्क गरी तपाईंको नाममा जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दरखास्त परेको छ, उक्त जाहेरी दरखास्त दर्ता नगराई मुद्दा मिलाई दिन्छु भनी रकम माग गरेको भन्ने सुचनाको आधारमा प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा उनले प्रतिवादीको रुपमा उल्लेख गरिएका व्यक्तिसँग पटक पटक फोन सम्पर्क गरी रकम माग गरेको देखिएको प्रहरीले जनाएको छ । पक्राउ परेका काननु व्यवसायी समेत रहेका देवकोटाबिरुद्ध ठगी उद्योगमा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्