यी हुन् नेकपा समाजवादीबाट मन्त्रीमा सिफारिस भएका नामहरू
काठमाडौं, १२ असोज । एमालेबाट विभाजन भएर गठन भएको नेकपा (एकीकृत समाजवादी)ले प्रतिनिधि सभाका सांसद विरोध खतिवडाको नेतृत्वमा मन्त्रीहरू पठाउने निर्णय गरेको छ ।
नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालले सांसदहरूको नाम मन्त्रीका लागि सिफारिस गरेका छन् । अध्यक्ष नेपालले मन्त्रीहरूको नामको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् ।
मन्त्रीका लागि विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठको नाम प्रधानमन्त्री देउवालाई अध्यक्ष दाहालले बुझाएका छन् ।
नेकपा एसले ६ मन्त्रालय पाउने जनाइएको छ । बाँकी एकजना भने भवानी खापुङ र किसान श्रेष्ठमध्ये एकजनालाई पठाउने तयारी छ । मन्त्रीमा सिफारिस भएका सांसदले कुन मन्त्रालय पाउने हुन् खुलेको छैन ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेकपा समाजवादी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्