नेपाल चेम्बर र महिला चेम्बरबाट आयोग सदस्य ताम्राकार र सिनेटर अधिकारी सम्मानित
काठमाडौ- नेपाल चेम्बर अफ कमर्शकी कार्य कारिणी सदस्य तथा नेपाल महिला चेम्बरकी महासचिव लिमा अधिकारी र नेपाल महिला चेम्बरकी सल्लाहकार निलम ताम्राकारलाई नेपाल चेम्बर अफ कमर्श र नेपाल महिला चेम्बरले सम्मान प्रकट गरेका छन् । शुक्रबार चेम्बर भवनमा आयोजित एक कार्यक्रम माझ नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले माला लगाई बधाई दिदै सम्मान गरेका थिए । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष तथा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
सल्लाहकार ताम्राकार बागमती प्रदेश सरकारबाट बागमती प्रदेश नीति तथा योजना आयोगको सदस्य र कार्यकारिणी सदस्य एवम् महासचिव अधिकारी मनमाेहन प्राविधिक विश्वविद्यालयको सिनेट मेम्बरमा मनोनयनमा पर्न सफल भएकोमा द्वयको सम्मानमा चेम्बर एवम् महिला चेम्बरले कार्यक्रम राखेको हो ।
सो अवसरमा चेम्बर अध्यक्ष मल्ल र चेम्बर उपाध्यक्ष तथा महिला चेम्बर अध्यक्ष श्रेष्ठले अधिकारी र ताम्राकारको सफल कार्यकालको कामना सहित बधाई एवम् शुभकामना व्यक्त गर्दै उनीहरुको सफलताले आफुहरु खुशी र गौरव महशुश भएको धारणा राखेका थिए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्