चितवन प्रहरीको सक्रियता : नगद तथा गरगहना चोरी गर्ने महिला ३ घण्टा नबित्दै पक्राउ, सामान बरामद
चितवन । चितवनमा नगद तथा सुनचाँदीका गरगहना चोरी गर्ने एक जना महिला पक्राउ परेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार (बुधबार) दिउँसो पौने दुई बजेको समयमा भरतपुर महानगरपालिका वडा नंम्बर १० मा रहेको सावित्री दवाडीको घरबाट नगद तथा सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नंम्बर ५ बस्ने २४ बर्षिया पुष्पा सिटौलालाइ पक्राउ गरी सार्वजनिक गरेको हो ।
उनलाई चोरी गरेको ३ घण्टा बित्न नपाउँदै जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको विशेष टोलीले साँझ ४:५० बजेको समयमा भरतपुर महानगरपालिका वडा नंम्बर ११ बाट पक्राउ गरेको हो । उनलाई फलामको रड बोकेर हिँडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिइएको थियो ।
पक्राउ परेकी सिटौलाको साथबाट चौध हजार तीन सय पचपन्न रुपैयाँ नगद सहित, चार थान सुनका मुन्द्रा, एक थान रड, एक थान कैंची, भिभो कम्पनीको एक थान मोबाईल तथा विभिन्न फोटोहरु ११ थान समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी उनलाई चोरी तथा डाँका सम्बन्धी कसूरमा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको चितवन प्रहरीले जनाएको छ ।
मुलुकी अपराध संहिता, २०७४ परिच्छेद -२० चोरी तथा डाँका सम्बन्धी कसूरको दफा २४२ चोरी गर्ने गराउने व्यक्तिलाई तीन बर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्