कांग्रेसको काठमाडौंसहित ७ जिल्लामा आज वडा अधिवेशन
नेपाली कांग्रेसको काठमाडौंसहित ७ जिल्लाको वडा अधिवेशन आज हुने भएको छ । आज हुने अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । आज वडा अधिवेशन हुने जिल्लाहरूमा काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, कपिलबस्तु, बर्दिया, बाजुरा र मोरङ रहेको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।
मोरङमा क्रियाशील सदस्यता विवाद भएपछि एक पक्ष अदालत पुगेको छ । सहमहामन्त्री सुनिलबहादुर थापा पक्षले अधिवेशन रोक्न माग गर्दै सोमबार उच्च अदालतमा रिट निवेदन दर्ता गराएको हो । थापा पक्षले अधिवेशन सम्बन्धी सबै प्रक्रिया रोक्न माग गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर कांग्रेस प्रवेश गरेका थापासँगै कांग्रेसमा आएकाहरूले क्रियाशील सदस्यता नपाएको गुनासो गरेका छन् ।
कांग्रेसले समयमै क्रियाशील सदस्यताको टुंगो नलगाउँदा आज गर्ने भनिएको १३ जिल्लाको वडा अधिवेशन भने सुरु भएको छैन । समयमै वडा अधिवेशन हुन नसक्दा कांग्रेसले ९ असोजमा गर्ने भनेको पालिका अधिवेशन प्रभावित हुने भएको छ । वडा सभापति र क्षेत्रीय प्रतिनिधि पालिका अधिवेशनका मतदाता हुन्छन् ।
राजधानी काठमाडौंको वडा अधिवेशनलाई महत्वकासाथ हेरिएको छ । काठमाडौंमा १० निर्वाचन क्षेत्र र २० प्रदेश निर्वाचन क्षेत्र छन् । काठमाडौं महानगरपालिकासहित ११ स्थानीय तह रहेको काठमाडौंमा १ सय ३८ वडा छन् । काठमाडौंमा कांग्रेसका ३० हजारभन्दा बढी क्रियाशील सदस्यहरू छन् ।
कांग्रेसले गाउँरनगरपालिका अधिवेशन असोज गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनरएक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाली कांग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्