तारकेश्वरका प्रमुख कार्यकारी अधिकृत लम्साललाई राष्ट्रपतिबाट सुप्रबल जनसेवाश्री पदक
काठमाडौं । तारकेश्वर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद लम्साल राष्ट्रपतिबाट सुप्रबल जनसेवाश्री पदकबाट विभूषित हुने भएका छन् । संविधान दिवसको अवसरमा सरकारले विभूषित गर्ने घोषणा गरेको सूचीमा प्रशासन सेवामा बिषेश योग्दान पुर्याएको भन्दै उनको नाम समावेश भएको हो ।
२०५५ सालमा सहलेखापालबाट निजामति सेवामा प्रवेश गरेका लम्साल र्दुगम देखी जिल्ला , केन्द्रीय प्रशासन सम्मको कार्यगत क्षमता प्रस्तुत गरेका छन । गृह प्रसाशनमा समेत लामो समय अनुभव गरेका लम्साल बिभिन्न निर्वाचनहरुमा निवार्चन अधिकृत हुदै हाल तारकेश्वर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतका रुपमा कार्यरत छन ।
नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा राष्ट्रपति भण्डारीले ती विभूषण प्रदान गरेकी हुन् । नेपाल रत्न एक जनालाई, राष्ट्र गौरव दुई जनालाई, महाउज्ज्ल राष्ट्रदीप प्रथम श्रेणी पाँच जनालाई प्रदान गरिएको छ ।
यस्तै, अन्य ठूला पदक पाउनेमा स्व। मंगलादेवी सिह, मोहनचन्द्र अधिकारी र पोष्टबहादुर बोगटी रहेका छन् । यसैगरी, राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पु–याएबापत द्वारिकादेवी ठकुरानी, भीमदत्त पन्त, भूविक्रम नेम्वाङ, रानुदेवी अधिकारी, भक्तराज आचार्य, सन्तोष शाहलाई उपल्लो स्तरको पदक प्रदान गर्न लागिएको छ ।
यसैगरी बाग्मती सफाइ अभियन्ता माला खरेल, वरिष्ट कार्टुनिस्ट रविन सायमी, खेलाडीहरू ज्ञानेन्द्र मल्ल र किरण चेम्जोङ, गायिकाहरू देविका प्रधान र विष्णु माझी, अक्सिजन सप्लाइकर्ता शंकरलाल अग्रवाल, कोभिडविरुद्ध जनचेतना फैलाउन उल्लेख्य भूमिका खेलेका स्वास्थ्य विशेषज्ञ डा। शेरबहादुर पुन र डा। रविन खड्कालाई पनि विभिन्न पदकद्वारा विभूषित गरिने भएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #शिव प्रसाद लम्साल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्