देउवा नेतृत्वको सरकार अलोकतान्त्रिक : शेखर कोइराला
नेपाली कांग्रेसका नेता शेखर कोइराले सभापति शेरबहादुर देउवाले सरकार चलाउन नसेकेको आरोप लगाएका छन् । गृह जिल्ला मोरङ पुगेका कोइरालाले सञ्चारकर्मीसँग कुरा गर्दै सरकार अलोकतान्त्रिक भएको बताएका हुन् ।
उनले संसद् छलेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर सरकारले गलत गरेको आरोप लगाए । ६४ दिनसम्म सरकार विस्तार गर्न नसक्नुले समेत सरकार अलोकतान्त्रिक बाटोमा गएको पुष्टि गर्ने उनको भनाई छ ।
नेतृत्व परिवर्तनपछि मात्रै कांग्रेसले गति लिन सक्ने उनको भनाई छ । फरक प्रसंगमा बोल्दै उनले देउवाले डडेलधुरामा पुलिस लगाएर वडा अधिवेशन गर्नु दुखद भएको बताए । उनले कांग्रेसको ५७ वर्षको इतिहासमा पुलिस प्रयोग गरेर कहिले र कहीँ वडाधिवेशन नगरिएको बताए ।
संस्थापन इतर समूहबाट सहमतिमा एक जना मात्रै सभापतिको उम्मेदवार हुने उनले दाबी छ । उनले आफ्नो उम्मेदवारीको विषमा भने बोल्न चाहेनन् ।
एमसीसी राष्ट्रिय सहमतिमा अगाडि बढ्नुपर्ने उनको धारणा थियो । सरकार र शीर्ष नेताहरू एकै ठाउँमा बसेर राष्ट्रिय सहमतिका आधारमा मात्रै एमसीसी पास गरिनु पर्ने उनले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #शेखर कोइरा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्