गृह जिल्ला पुगेर भीम रावलले भने- एमाले सुदूरपश्चिम संयोजक मै हो
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संसद्को अवरोध खुलाउन सत्तापक्षले कुनै पहल नगरेको आरोप लगाएका छन् । वर्तमान सरकार तथा सत्ता साझेदार सांसदहरूले अवरोध समाधान गर्नुभन्दा पनि पेलेरै अघि बढ्न खोजेको रावलको आरोप छ ।
प्रेस चौतारी अछामले सदरमुकाम मंगलसैनमा गरेको पत्रकार सम्मेलनमा रावलले नेपालको संविधान जारी भएयता नै देशमा स्थिरता हुन नसकेको भन्दै नेपाली जनताले निर्वाचित गरेका प्रतिनिधिको सार्वभौम थलो संसद् भएको र यसले आफ्नो उपयोगितालाई सिद्ध गर्नुपर्ने बताए ।
प्रेस चौतारी अछामका अध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेता रावलले जनताप्रतिको उदासीनताकै कारण अहिले सरकारले बजेट खर्च गर्न नपाउने अवस्था सिर्जना भएको बताए । नेपालको इतिहासमै पहिलो पटक यस्तो समस्या आए पनि सरकारलाई कुनै चिन्ता नरहेको रावलको दाबी छ ।
दुई महिना बितिसक्दासमेत मन्त्रीमण्डलले पूर्णता नपाउनु अर्को विडम्बना भएको उनको बताए । राजनीतिक दल विभाजित हुन नहुने भन्दै संविधान जारी गर्दा निकै मेहनतका साथ राजनीतिक दल विभाजनका लागि केन्द्रीय कमिटी र संसद्मा ४० प्रतिशत हुनुपर्ने व्यवस्था गरिएको उनले स्मरण गरे । तर, वर्तमान सत्ता साझेदार दलले अहिले कुनै एउटामा मात्रै २० प्रतिशत भए पार्टी विभाजन गर्न सकिने अध्यादेश ल्याएर ठूलो गल्ती गरेको रावलको टिप्पणी छ ।
देशको स्वाधीनता तथा अखण्डता संकटमा परेको बेला वर्तमान सरकार चुपचाप बसेको नेता रावलको आरोप छ । ‘नेपालीलाई तुइन काटेर नदीमा फालियो, अनधिकृत रूपमा नेपाली आकाशमाथि हेलिकप्टर उडाइयो, एमसीसी पास गर्न दवाब दिँदै नेताको दैलो चहारियो । तर, यसका विरुद्ध कुनै ठोस कार्य भएन’, नेता रावलले थपे, ‘लिपुलेक लिम्पियाधुरा, कालापानीलाई सरकारले यो समस्या हो भन्यो ।’
पार्टी विधान अनुसार आफू पार्टीको उपाध्यक्ष र सुदूरपश्चिम संयोजक रहेको उनले बताए । पार्टी अध्यक्ष केपीशर्मा ओलीसँग पनि त्यही कुरा कुरा भएको र सुदूरपश्चिममा समस्या भएको अवस्थामा आफूसहित लेखराज भट्ट र कर्ण थापाको टोलीले सहजीकरण गर्न निर्देशन आएको रावलको भनाई छ । सबै नेता कार्यकर्ताको प्रयासले एमाले पुरानै अवस्थामा आउने रावलले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #भीम रावल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्