साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडको ५६ अौ वार्षिकोत्सव समारोह सम्पन्न
काठमाडौं, २७ भाद्र ( साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडको ५६ अौ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ् । कर्पोरेशनले बुधवार आफ्नो स्थापना दिवसको अवसर पारेर कालिमाटी स्थित केन्द्रिय कार्यालय परिसरमा वार्षिकोत्सव समारोहको आयोजना गरेको थियो । सरकार एबम् निजी क्षेत्रको संयुक्त लगानीमा सार्वजनिक निजी साझेदारीको अवधारणा अनुरुप सन्चालित कर्पोरेशनको स्थापना बिक्रम सम्बत् २०२० साल भाद्र २७ गते भएको थियो ।
वार्षिकोत्सव समारोहको उद्घघाटन् उधोग, बाणिज्य तथा आपुर्ती मन्त्री मातृका यादवले गरेका थिए ।
कार्यक्रमको उद्घघाटन् पस्चात् मन्त्री यादवले कर्पोरेशनमा रहि सेवारत विभिन्न तहका कर्मचारी मध्ये पछिल्लो एक बर्षको अवधीमा कार्य सम्पादनका आधारमा उत्कृष्ट बन्न सफल कर्मचारी, गत एस इ इ परिक्षामा सर्बोक्रिस्ट ग्रेड(अंक हासिल गर्ने कर्मचारीका छोरा(छोरी र बालबालिकाको हितमा कृयाशिल एक संस्थालाई पुरस्क्रित गर्नुका साथै कर्पोरेशनमा रहि २० बर्ष सेवा अवधी पुरा गरेका कर्मचारीलाई सम्मान गरेका थिए । समारोहका प्रमुख अतिथि मन्त्री यादवले मानव सेवा आश्रम चितवनलाई असहाय बालबालिकाको हितमा सक्रियतापुर्बक योगदान पुर्याए बापत ७५ हजार राशीको बालहितकारी पुरस्कार प्रदान गरे ।
गत एस इ इ परिक्षामा सर्बोक्रिस्ट ग्रेड(अंक हासिल गर्ने कर्मचारीका छोरा(छोरीहरु विबेक प्रसाई र श्रद्दा महर्जनलाई क्रमसस् अनङमान छात्रब्रित्ती र लोकनाथ छात्राब्रित्ती प्रदान गरे । उक्त अवसरमा स्वर्गिय ईश्वर लाल श्रेष्ठको नाममा स्थापना गरिएको पुरस्कारबाट तीन जना कर्मचारीलाई पुरस्क्रित गरिएको थियो ।
पुरस्कार वितरण पस्चात् मन्त्री यादवले समारोहलाई सम्बोधन गर्दै बजारमा देखिएका मुल्यब्रिद्धी र कृतिम अभावका बेला साल्ट ट्रेडिङ्ले उपभोक्त्तालाई पुर्याएको सेवाको सर्रह्नाना गरे भने कर्पोरेशनले आपुर्ती ब्यबस्थापनको क्षेत्रमा सेवा प्रदायीकताको बिसिस्ठीक्रित नमुना पेश गर्दै आइरहेको बताए ।
कार्यक्रममा सभापतिको आसन बाट बोल्ने क्रममा साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडका संचालक समिति अध्यक्ष लक्ष्मीदास मानन्धरले कर्पोरेशनले नेपाल सरकारको निती निर्देशनलाई मान्दै तथा आम् उपभोक्ताको हितमा समर्पित रहदै आएको बताए ।

सो अवसरमा साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडका संचालक समिति सदस्य समेत् रहेका उधोग, बाणिज्य तथा आपुर्ती मन्त्रालयका सह(सचिव नवराज ढकालले सरकारको अनुरोधमा खुल्ला बजार मा खुल्ला प्रतिस्पर्धा मार्फत सरकारलाई सहयोग पुर्याउनु सर्हानीय कार्य भएको अौल्याउदै अन्य संस्थान मध्येमा नाफामा सन्चालित एक महत्वपूर्ण संस्थानको कोटीमा उभ्याउनु नै कर्पोरेशनको सफलता हो भन्ने आफ्नो मन्तब्य धारणा राखेका थिए ।
कार्यक्रममा साल्ट साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडका प्रमुख कार्यकारी अधिक्रित उर्मिला श्रेष्ठले उपभोक्ताको चाहना र सरकारको निती निर्देशन अनुरुप अघि बढी रहेको साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेड देशको परिवेश् मुताबिक बस्तुनिस्ठ तबरले खटिदै आइरहेको बताउदै भविस्यमा समेत आम उपभोक्ताको हितलाई केन्द्रमा राखेर सुपथ् मुल्यमा गुणस्तरिय बस्तु उपलब्ध गराउदै जाने प्रतिबद्दता ब्यक्त गरिन ।
कार्यक्रममा साल्ट साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेड राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष मेघराज ज्ञवाली र बालहितकारी पुरस्कारबाट सम्मानित संस्था मानव सेवा आश्रम(चितवनका अध्यक्ष रामजी अधिकारीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल सरकारका ऊच्च अधिकारी, पूर्व प्रशासक, कर्पोरेशनका संचालक समिति सदस्य एबम् सेयर धनी, कर्मचारी, डिलर प्रतिनिधि, पत्रकार लगायतको बाक्लो उपास्थिती रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #साल्ट ट्रेडिङ्
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्