चितवनको खैरहनीबाट नगद एक लाख ४४ हजार रुपैयाँ सहित ८ जुवाडे पक्राउ
चितवन । चितवन प्रहरीले नगद एक लाख ४४ हजार १७० रुपैयाँसहित ८ जना जुवाडेलाइ पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा खैरहनी नगरपालिका ८ लक्ष्मीनगरका ४१ वर्षीय कृष्ण श्रेष्ठ, खैरहनी नगरपालिका ६ पुरानो पर्साका ४४ वर्षीय नवीन बस्नेत, खैरहनी नगरपालिका ८ का ४१ वर्षीय विष्णु सुनार, राप्ती नगरपालिका ६ भण्डाराका ३९ वर्षीय सुदिप गिरी, सोही ठाउँका २८ वर्षीय दिपेश बर्तौला, ३६ वर्षीय चुडामणी थपलिया, राप्ती नगरपालिका ४ डडुवाका ६८ वर्षीय केशव प्रसाद तिमिल्सिना र राप्ती नगरपालिका ५ भण्डाराका ३५ वर्षीय सुदन धरेल रहेका छन् ।
खैरहनी नगरपालिका ८ लक्ष्मीनगरस्थित कृष्ण श्रेष्ठको घरमा तास तथा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीको टोलीले उनीहरुलाइ हिजो (मंगलबार) अपराह्न तास खेलिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पक्राउ परेकाहरू उपर जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान गर्ने कार्य भईरहेको चितवन प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्