सेतो पुतलीका कारण आँखाका बिरामी बढे
पोखरा । गण्डकी प्रदेशमा सेतो पुतलीका कारण आँखामा समस्या देखिएर यसवर्ष पनि अस्पताल आउने बिरामी बढेका छन् ।
म्याग्दी बेनीका १८ वर्षीय युवक आँखामा समस्या देखिएपछि उपचारका लागि हिमालय आँखा अस्पताल पोखरा आएका थिए । तर, अस्पताल आउन ढिलो हुँदा उनले ज्योति गुमाएको अस्पतालकी मेडिकल डाइरेक्टर डा. इल्या श्रेष्ठले जानकारी दिइन् ।
सिजनल हाइपरएक्युट पनुभिआइटिस (सापु) भनिने यो समस्या गण्डकी प्रदेशमा यो वर्ष भदौ १३ गतेपछि फेरि देखिएको छ ।
करिब १५ दिनको अवधिमा ३० जना यो समस्या लिएर हिमालय आँखा अस्पताल पुगेका छन् । जसमध्ये चार जनाले आँखाको ज्योति गुमाएका छन् । अरु बिरामी पनि अस्पतालको प्रत्यक्ष निगरानीमा उपचार गराइरहेका छन् ।
सोमबारमात्रै अस्पतालमा पोखराका ३ र बागलुङ, ढोरपाटनका एकजना शापुकै उपचारका लागि अस्पताल आएका छन् ।
विशेषगरी मनसुन अन्तिमतिर देखापर्ने यो पुतलीको शरीरमा कालो धर्सो हुन्छ । शरीरभरि बाक्लो रौं (झुस) भएको उक्त सेतो पुतलीको झुस आँखामा परे आँखा नै सुकाइदिने डा. श्रेष्ठको भनाइ छ ।
‘यसको सबैभन्दा बढी जोखिममा बालबालिका छन् । उनीहरु आफूमा भएको समस्या पनि बताउन सक्दैनन् । टेस्ट गर्न पनि एकदमै गाह्रो हुन्छ,’ उनले भनिन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #सेतो पुतली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्