एमसिसीका विषयमा एमालेमा कुनै मतभेद छैन : उपमहासचिव पौडेल
नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) का विषयमा पार्टीमा कुनै मतभेद नरहेको बताउनुभएको छ । सरकारले एमसिसीको प्रस्ताव संसद्मा पेस गर्नासाथ एमालेले आफ्नो धारणा स्पष्ट पार्ने उहाँले बताउनुभयो । प्रेस चौतारी नेपाल, रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव पौडेलले एमालेले राष्ट्रको हितलाई केन्द्रमा राखेर र जनताको चाहनाअनुसार निर्णय गर्ने बताउनुभयो । एमसिसीका विषयमा सत्ता गठबन्धनका सहभागी दल नै एकमत नरहेको उहाँको भनाइ थियो ।
एमाले विभाजन नभई सर्पले झैँ काँचुली मात्र फेरेर पार्टीमा नयाँ जीवनको सुरुआत भएको पौडेलले सुनाउनुभयो । पार्टी विभाजन विचार र दर्शनका आधारमा नभई लोभ तथा अवसरका लागि भएको पौडेलले आरोप लगाउनुभयो । सरकारले एमाले विभाजनका लागि ल्याएको अध्यादेश कुनै पनि हालतमा संसद्बाट पारित हुन नसक्ने उहाँको भनाइ थियो । पार्टीको लुम्बिनी प्रदेशको बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले लुम्बिनी प्रदेशमा पार्टी विभाजनको कुनै असर नपरेको बताउनुभयो ।
प्रदेश कमिटी बैठकले पार्टी एकीकरणका लागि कार्यदलले तयार गरेको १० बुँदे सम्झौतालाई सकारात्मकरुपमा लिएर रचनात्मकरुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विष्णुप्रसाद पौडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्