अब एम्बुलेन्स चालकले तालिम , जिपिएस अनिवार्य जडान गर्नुपर्ने

अब एम्बुलेन्स चालकले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट तालिम लिनुपर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ ‘राष्ट्रिय एम्बुलेन्स निर्देशिका–२०७८’ जारी गर्दै केन्द्रबाट तालिम लिएका चालकले मात्र एम्बुलेन्स चलाउन पाउने जनाएको छ । यसअघि सवारी चालक अनुमतिपत्र लिएका सबैले एम्बुलेन्स चलाउन पाउँदथे । अब सवारी चालक अनुमतिपत्र लिएको पाँच वर्ष अनुभव भएपछि मात्र एम्बुलेन्स चलाउन पाउनेछन् । एम्बुलेन्स सञ्चालन गर्दा ‘क’ वा ‘ख’ वर्ग हुनुपर्ने र सबै एम्बुलेन्स अनिवार्यरुपमा फोर ब्हील ड्राइभ, पावर स्टेरिङ, सन्पेन्सन चेन सिस्टमको हुनुपर्नेछ ।
‘क’ र ‘ख’ वर्गको एम्बुलेन्सका लागि मात्र राजस्व छुटको व्यवस्था गरिएको निर्देशिकामा उल्लेख छ । क र ख वर्गको एम्बुलेन्सका लागि मेडिकल अधिकृत, हेल्थ असिस्टेन्ट वा नर्स अनिवार्यरुपमा राख्नुपर्ने र ती स्वास्थ्यकर्मीले अनिवार्यरुपमा तोकिएको तालिम लिएको हुनुपर्ने उल्लेख छ । यस्तै हरेक एम्बुलेन्समा जिपिएस अनिवार्य जडान गर्नुपर्नेछ । सबै एम्बुलेन्स अनिवार्यरुपमा एउटै नम्बरबाट तथा एप्लिकेशनबाट सर्वसाधारणले सेवा पाउने सक्नेगरी प्रेषण केन्द्रमा आबद्ध हुनुपर्ने छ ।
यस्तै एम्बुलेन्स चालक र एम्बुलेन्समा रहने स्वास्थ्यकर्मीले आकस्मिक चिकित्सकीय प्राविधिकले गाढा गुलाबी रङ्गको ज्याकेट र गाढा निलो पाइन्ट लगाउनुपर्ने हुन्छ । यस्तै राष्ट्रिय प्रेषण केन्द्र र प्रादेशिक प्रेषण केन्द्र रहने छन् ।
ती केन्द्रले एम्बुलेन्समा आवश्यक जनशक्तिको व्यवस्थापन गर्नुका साथै एम्बुलेन्स घटनास्थलमा नपुगुञ्जेलसम्म बिरामी वा घाइतेलाई आकस्मिक प्राथमिक उपचारका लागि सहजीकरण र मार्ग दर्शन गर्ने निर्देशिकामा उल्लेख छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #एम्बुलेन्स चालक
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्