तारकेश्वर उपप्रमुख सहित चार जनप्रतिनिधिको नेकपा समाजवादी पक्षमा सनाखत फिर्ता
नेकपा (एस ) लाई काठमाण्डौमा पहिलो गाँसमै ढुंगा लागेको छ। गत भाद्र १८ गते नेकपा एकीकृत समाजवादीक पक्षमा सनाखत गरेका तारकेश्वर उपप्रमुख सहित चार जनप्रतिनिधिको सनाखत फिर्ता लिएका छन।
जिल्ला निर्वाचन कार्यालयमा पुगेर भाद्र २१ र २२ गते सनाखत फिर्ता लिनेमा तारकेश्वर नगरालिककी उप्रमुख भवानी डोटेल (भानु ) ,तारकेश्वर नगरपालिका वडा नं ५ की सदस्य रमा कुमारी दाहाल , शंखरापुर नगरपालिकाका कार्यपालिका सदस्य अनिल परियार र वडा नं १ की सदस्य तिल कुमारी दमाई रहेका छन।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा काठमाण्डौ जिल्ला कमिटीका अध्यक्ष कृष्ण राई,जिल्ला कमिटीका सचिव तथा प्रदेस सभा सदस्य दीपक निरौला , प्रदेस सभा सदस्य गणेश दुलाल सहितको उपस्थितिमा जिल्ला निर्वाचन कार्यालय अनामनगर पुगेर तारकेश्वर नगरपालिकाकी उपप्रमुख भवानी डोटेल (भानु ) सहितका जनप्रतिनिधिले सनाखत फिर्ता गर्नका लागि निवेदन दिएका छन।
त्यस्तै भाद्र २१ गते सोमवार शंखरापुर नगरपालिकाका दुई जना जनप्रतिनिधिहरुले नगर प्रमुख सुवर्ण श्रेष्ठको उपस्थितिमा सनाखत फिर्ताका ल्लागी निवेदन दिएका थिए।
काठमाण्डौ जिल्लाका नेकपा एमालेको तर्फ बाट निर्वाचित भएका कुल ५९३ जना जनप्रतिनिधि मध्ये ५४ जनाले आज दिउसो ३ बजे सम्म नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकोमा ४ जनाले फिर्ता लिएका छन।
क्याटेगोरी : समाचार
ट्याग : #hor, #नेकपा (एस )
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्