एमाले अनुशासित र मुलुककै ठूलो पार्टी हुने – केपी शर्मा ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई अनुशासित र एकताबद्ध बनाउने बताउनुभएको छ । काठमाडौँ महानगर कमिटीले आयोजना गरेको बृहत् कार्यकता भेलालाई आज सम्बोधन गर्दै पार्टीलाई एकताबद्ध बढाएर मुलुककै ठूलो पार्टी बनाउने धारणा राख्नुभयो ।
“पार्टीलाई निष्ठावान, व्यक्तिगत स्वार्थमा कुद्ने नभई पार्टीको आर्दश उद्देश्य र कर्तत्वप्रति निष्ठावान बनाइने छ”, उहाँले भन्नुभयो, “पार्टी अब अनुशासित र एकताबद्ध हुनेछ ।” नेता ओलीले आगामी निर्वाचनपछि पार्टीको सरकार बन्ने र मेलम्चीको पानी काठमाडौँमा आउनेसमेत बताउनुभयो ।
उहाँले आफूहरू जनताका बीचमा गएर आफूले गरेका राम्रो कामको प्रचार गरेर निर्वाचनमा जाने बताउनुभयो । उहाँले सत्तापक्षका गठबन्धनविरुद्ध आफ्नो पार्टी एक्लै निर्वाचनमा जानेसमेत बताउनुभयो । “उहाँहरूलाई मोर्चा कसेर एमालेका विरुद्ध चुनाव लड्न आग्रह गर्न चाहन्छु, त्यसैले मिलेर आए जमानत जोगिन्छ”, उहाँले भन्नुभयो, “एमाले कुनै वैशाखी टेकेको पार्टी होइन ।
जनता र देशको विकास गर्ने पार्टी हो । त्यसका कारण पार्टी एक्लै चुनाव लडछ र चुनाव जित्ने छ ।” उहाँले चीनसँग कुनै पनि सीमा विवाद नभएको र सीमा सम्बन्धमा छानबिन समिति बनाउन कुनै आवश्यक नभएको जानकारी दिनुभयो ।
उहाँले एमालेले केही गलत व्यक्तिलाई उम्मेदवार बनाएको हुनाले एमालेको सरकार ढलेको आरोप लगाउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले आफू अलि धेरै थकित भएर सामान्य ज्वरो आएको जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #महानगर कमिटीले आयोजना गरेको बृहत् कार्यकता भेला
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ५मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…
- ८सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ






तपाईको कमेन्ट लेख्नुहोस्