५१ किलो प्रतिबन्धित लागूऔषध गाँजा सहित ४ जना पक्राउ
चितवन । चितवन प्रहरीले ५१ किलो प्रतिबन्धित लागूऔषध गाँजा सहित ४ जनालाइ पक्राउ गरेको छ । प्रहरीले आज शुक्रबार बिहान ०४.३० बजेको समयमा
काठमाण्डौंबाट मुग्लिङतर्फ आउँदै गरेको ना. ७. ख. ५०११ नम्बरको रात्रीवाहक बसबाट प्रतिबन्धित लागूऔषध गाँजा सहित ४ जनालाइ पक्राउ गरेर सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरूमा रत्ननगर नगरपालिका १५ माधवपुर बस्ने २७ बर्षिया सोनाम बाईवा, कालिका नगरपालिका ८ कालिकाटोल बस्ने २५ बर्षिया बिमल तामाङ र काठमाण्डौं बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३ तउलुङ बस्ने २० बर्षिया राजकुमार तामाङ रहेका छन् ।
प्रहरीले सोनामको साथबाट ७ के.जी, बिमलको साथबाट ६ के.जी. र राजकुमारको साथबाट ३ के.जी प्रतिबन्धित लागूऔषध गाँजा सहित पक्राउ गरेको छ ।
यसैबीच, चितवन प्रहरीले नै २०७६ माघ १५ गते राती अंन्दाजी ११ बजेको समयमा राप्ती नगरपालिका वडा नंम्बर १ नयाँबस्तीमा ना. २. ह ५८८० नंम्बरको अटो रिक्साबाट ७ वटा पोकामा ३५ किलोग्राम लागूऔषध गाँजा फेला पारी फरार रहेका चालकलाइ समेत पक्राउ गरेको छ ।
प्रहरीले राप्ती नगरपालिका वडा नंम्बर १ पिप्ले बस्ने २० बर्षिया मिनराज घलानलाई हिजो (बिहीबार) राती ९ बजेको समयमा पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई लागूऔषध मुद्दामा सम्मानित चितवन जिल्ला अदालत बाट म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ । उनीहरु अहिले जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्