Techie IT
मंगलबार, भदौ २३,२०८३

गैर कानुनी रुपमा चन्दा संकलन गरेको आरोपमा दुइ जना पक्राउ


चितवन । गैर कानुनी रुपमा चन्दा संकलन गरेको आरोपमा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरूमा बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ घर भई चितवन बस्ने ५१ बर्षिया सकुचन लामा र मकवानपुर मनहरी गाउँपालिका ३ बिजौला बस्ने २४ बर्षिया पासाङ नोर्बु लामा रहेका छन् ।

उनीहरुले सहयोग गर्ने बहानामा कार्यालय सन्चालन गरी कार्यालयमा कर्मचारी समेत राखेर मासिक रूपमा तोकिएको रकम उठाउनुपर्ने भन्दै अबैध तवरले गैर कानुनी रुपमा चन्दा संकलन गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले (आइतबार) पक्राउ गरेको थियो ।

पक्राउ परेका दुबै उपर अबैध चन्दा संकलन गरेको कसुरमा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद थप अनुमती लिई अनुसन्धान कार्य गर्ने कार्य भईरहेको चितवन प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्