आज पनि देशभर वर्षा हुने, अझै केही दिन नरोकिने
केही दिन यता देशभर भईरहको वर्षा हुने क्रम आज पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले मनसुनी वायुको न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकोले देशैभर सामान्यदेखि पूर्ण बदली भएर वर्षा भईरहेको पनि महाशाखको भनाइ छ ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको र यो क्रम आज दिनभर जारी रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने मेघ गर्जन र चट्याङ्ग सहित ठूलो वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
भोलि पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानमा वर्षाको सम्भावना रहेको तथा प्रदेश १, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/ चट्याङ्ग सहित ठूलो वर्षाको सम्भावना रहेको छ ।
यस्तै पर्सी मंगलबार देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षा हुने छ भने प्रदेश १, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित ब्यापक वर्षाको हुने महाशाखाले जनाएको छ । निरन्तर झरीले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन भनेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #वर्षा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्