एमाले केन्द्रीय कमिटी बैठक बस्दै
नेकपा (एमाले) बाट नेता माधवकुमार नेपाल पक्ष अलग भई नयाँ पार्टी दर्ता गरेपछि आज पहिलो पटक केन्द्रीय कमिटीको बैठक बस्दैछ । बैठकमा विगतमा नेपाल पक्षमा रहेका १० जना स्थायी कमिटीका सदस्यको पनि सहभागिता हुनेछ ।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा मध्याह्न १२ः०० बजे बैठक तय भएको जानकारी दिनुभयो । बैठकका लागि १० बुँदे प्रस्ताव कार्यान्वयनसम्बधी स्थायी कमिटीको निर्णय अनुमोदन, पार्टीको सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशन र पार्टी विभाजनमा लाग्ने नेतामाथि कारबाहीका विषय कार्यसूचीमा राखिएको छ ।
यही भदौ ८ गतेको स्थायी कमिटीको बैठकले गत असार २७ गतेको आन्तरिक विवाद समाधान कार्यदलको सिफारिसलाई कार्यान्वयन गर्दै पार्टीको संरचनालाई २०७५ जेठ २ कै अवस्थाबाट सञ्चालन गर्ने निर्णय गरेको थियो । एमालेले आगामी मङ्सिरको दोस्रो साता दशौँ राष्ट्रिय महाधिवेशन गर्ने तय गरेको छ ।
राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेशबमोजिम नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी)ले बुधबार निर्वाचन आयोगबाट मान्यता पाएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : ##एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्