खाँदबारीका कृषकलाई अनुदानमा ‘हाते ट्याक्टर’
खाँदबारी- संखुवासभाको खाँदबारी नगरपालिकाले अनुदानमा कृषकलाई ३३ वटा हाते ट्याक्टर (मिनि पावर टिलर) वितरण गरेको छ । ५० प्रतिशत अनुदानमा कृषकहरुलाई हाते ट्याक्टर बितरण गरिएको हो ।

३३ वटा ट्याक्टर कृषक समुह र व्यवसायिक कृषकलाई बितरण गरिएको प्रमुख मुरारीप्रसाख खतिवडाले बताउनुभयो । शुक्रबार नगरपालिकाकाले कृषकलाई हाते ट्याक्टर हस्तान्तरण गरेको हो । प्रमुख खतिवडा, उपप्रमुख डेगेश्वरी श्रेष्ठले ट्याक्टर हस्तान्तरण गर्नुभयो । यसले कृषकलाई धेरै सहज बनाएको छ, नगरप्रमुख खतिवडाले भन्नुभयो, नगरका ११ वटै वडाका कृषकलाई लक्षित गरेर बितरण गरिएको हो । नगरले यस अघि ७१ वटा हाते ट्याक्टर बितरण गरिसकेको छ, खतिवडाले भन्नुभयो, कृषकको माग आए अझै ट्याक्टर उपलव्ध गराउने छौ ।

पछिल्लो समय कृषकहरुले हाते ट्याक्टरको माग गरेपछि संख्या थपेर बितरण गरिएको कृषि शाखाका प्रमुख दिपेन काफ्लेले बताउनुभयो । धेरै कृषकको रोजाईमा हाते ट्याक्टर परेकोले हरेक आर्थिक बर्षमा यसको संख्या बढाउँदै जाने छौ, काफ्लेले भन्नुभयो, अर्को बर्षदेखि कृषकको संख्या बढ्ने छ । यसको बजार मुल्य ४४ हजार ५ सय पर्छ । खाँदबारी नगरपालिका कृषि शाखाले किसानसंग ५० प्रतिशत अनुदान अर्थात २२ हजार २ सय पच्चास रुपैयामा बितरण गरेको हो ।

क्याटेगोरी : फोटो फिचर, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्