महाधिवेशन सुनिश्चितताको माग गर्दै देउवालाई ज्ञापनपत्र
काठमाडौं, २८ साउन । महाधिवेशन सुनिश्चितताको माग गर्दै नेपाली कांग्रेसका युवा नेताहरुले पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।
‘सबल कांग्रेस निर्माणका लागि युवा अभियान’ ले प्रधानमन्त्री एवं सभापति देउवालाई बुढानीलकण्डमा पुगेर ज्ञापनपत्र बुझाएको हो । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष रञ्जित कर्णको नेतृत्वमा गएको टोलीले सभापति देउवालाई तीनबुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
उनीहरुले क्रियाशील सदस्यताको विवाद तत्काल समाधान गर्न माग गर्दै १४ औं महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन् । साथै उनीहरुले समायोजनका नाममा कांग्रेस समर्थकलाई क्रियाशील सदस्यता वितरण गरिएको भन्दै सदस्यता छानबिनको माग गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #ज्ञापनपत्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्