आफ्नै छोरी बलात्कार गर्ने बुबा र काका पक्राउ
पर्वत । नाताले आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा पर्वत जिल्ला प्रहरीले पीडितका बुबा र काकालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारीअनुसार आफ्नी छोरीलाई बलात्कार गर्ने ४४ वर्षीया बुबा र आफ्नै ३६ वर्षीय काकालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सोह्र वर्षकी किशोरी छोरीलाई गत वैशाख २ गते बुबा र साउन २३ गते काकाले बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरेका बुबा र काकाविरुद्ध किशोरीका दाइले दिएको जाहेरीका आधारमा दुई जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
अधिकारीका अनुसार पीडित किशोरीकी आमा मानसिक रोगी भएको र नाताले काका पर्नेको श्रीमती काकासँगै नरहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको छ र पक्राउ परेकालाई जबर्जस्ती करणीअन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेका र पीडितको नाम, ठेगानालगायतका विवरण गोप्य राखिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बलात्कार गर्ने बुबा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्