ट्रकचालकको हत्या गरी १८ लाख मूल्यबराबरको चामल लुटपाट
बुटवल, २७ साउन । रुपन्देही जिल्लामा ट्रकचालकको हत्या गरी १८ लाख मूल्यबराबरको खाद्यान्न लुटिएको घटना सार्वजनिक भएको छ ।
भारतीय नम्बर प्लेटको युपी ५३ एटी ०१४१ नम्बरको ट्रकका चालक भारत महाराजगन्ज ग्राम एकडेगवा टोल बुडवा बस्ने तौफिक अहमद पठानको हत्या गरेर खाद्यान्न चामल लुटपाटमा संलग्नलाई रुपन्देही प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । चालकको शव सिद्धार्थनगर नगरपालिका– १३ डण्डा खोलामा पानीमा तैरिएको अवस्थामा प्रहरीले साउन २० गते फेला पारेको थियो ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– ६ निवासी वर्ष ३० का सद्दाम कुजडा, सोही स्थानका वर्ष २७ का रिजवन भन्ने अली मुसलमान, वर्ष २८ का महेश कहार र तनहुँ शुक्लागण्डकी– १० बस्ने वर्ष २७ को सुनिल पौडेलको संलग्नतामा चालकको हत्या गरी चामल लुटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए ।
काठमाडौंमा रहेका नन्दन गुप्ता नाम गरेका व्यापारीले मगाएको चामल रुपन्देहीमा लुटिएको हो
क्याटेगोरी : समाचार
ट्याग : #hot, #ट्रकचालकको हत्या
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्