पर्यटनसँग सम्बद्ध प्रमुख संघसंस्थाहरुले राखे पुनरुत्थानको लागि ९ बुँदे माग
काठमाडौं- समयमै पर्यटनको बचाउका लागि आवश्यक कदमहरु अघि नसारे पर्यटन पुनरुत्थान निकै जटिल बन्ने प्रमुख चिन्ता विद्यमान रहेको पर्यटन व्यवसायीहरुले जनाएका छन् । कोभिड –१९ को महामारीबाट पर्यटन उद्योग अतिप्रभावित बन्न पुगेको जनाउदै ट्रेकिङ् ऐजेन्सिज ऐसोशिएसन अफ नेपाल, नेपाल पर्वतारोहण संघ, नेपाल एसोशीएसन अफ राफ्टिङ् एजेन्सीज, नेपाल एसोशिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस्, होटल संघ नेपाल लगायतका पर्यटनसँग सम्बद्ध प्रमुख संघसंस्थाहरुले मंगलबार संयुक्त विज्ञप्ति जारी गरि सरकार समक्ष पुनरुत्थानको लागि ९ बुँदे माग अघि सारेका हुन ।
विज्ञप्तिमा आर्थिक बर्ष २०७८/७९ को बजेटमा घोषणा गरिएका पर्यटनसँग सम्बन्धित नीति तथा कार्यक्रमहरु यथाशिघ्र लागू गरिनुपर्ने, देशभरी पर्यटकीय गन्तव्यहरुमा अग्रपंक्तिमा रही खटिएका पर्यटन सेवाप्रदायक व्यवसायी तथा सम्बन्धित क्षेत्रका कामदार, कर्मचारीहरुलाई एवम् सरोकारवालाहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाउने व्यवस्था यथासिघ्र (३० दिनभित्र) हुनुपर्ने साथै सम्पूर्ण नेपालीहरुलाई कोभिडका विरुद्ध खोप उपलब्ध गराई विश्व पर्यटन क्षेत्रमा विश्वसनिय वातावरणको लागि पहल गरि सम्पूर्ण पर्यटकीय क्षेत्रहरु खुल्ला गर्नुपर्ने माग राखेका छन् ।
कोभिडविरुद्धको खोपको मात्रा पूरा गरी नेपाल आउने पर्यटकहरुलाई क्वारेन्टिन बस्न नपर्ने तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अन्य प्रवेश बिन्दुहरुमा पीसीआर टेष्टको व्यवस्था गरी पोजिटिभले मात्र क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गर्न पनि संस्थाले भनेको छ ।
त्यस्तै, नेपालको सबै स्रोत बजारहरु (पर्यटक बस्ने देशहरू÷शहरहरू) मा भिसा जारी गर्ने निकायहरु नरहेकाले पर्यटकहरुको यात्रा सहजीकरण र नेपाल घुम्न प्रेरित गर्नका लागि अनलाईन भिसा (ई– भिजा) सेवा प्रणाली मार्फत सहजरुपमा “भिसा अन–अराइभल” व्यवस्था लागु गर्नुका साथै फ्रि भिसाको कायांन्वन अबिलम्ब शुरु गरि पर्यटकीय सेवा प्रदायक होटल÷एजेन्टहरु मार्फत मात्रै भ्रमण गर्न पाउनुपर्ने व्यवस्था लागू गर्नुपर्ने बिषय उठान गरिएको छ ।
संस्थाहरुले स्वास्थ्य सुरक्षा प्रोटोकल कार्यान्वयन प्रभावकारी बनाउन देशव्यापी तालिम तथा अनुगमन संयन्त्रको व्यवस्था गरिनुपर्ने, सीसीएमसीमा पर्यटन सम्बद्ध मूख्य छाता–संगठनका अध्यक्षहरुमध्येबाट प्रतिनिधित्व हुनुपर्ने उल्लेख गरेका छन् ।
पर्यटक सवारी सम्बन्धमा तुरुन्तै जारी हुन लागेको इम्ब्रोस्ट नम्बर प्लेट पर्यटक सवारीसाधनमा हाल भइरहेको हरियो प्लेट जस्तै छुट्टै किसिमको पहिचान हुने गरी व्यवस्था हुनुपर्ने तथा पर्यटक सवारीहरु सहज रुपमा मुलुकका विभिन्न प्रदेशहरुमा विना रोकटोक थप आर्थिक भार विना झण्झटरहित आवागमन गर्न पाउनु पर्ने र ट्रेकिङ्ग, टुर, रफ्टिङ लगायत अन्य साहसिक कम्पनिहरुको निम्नतम अधिकृत पुजी २५ लाख बराबरको बिना धितो सुन्य प्रतिसत ब्याज दरमा ऋणको ब्यवस्था गर्ने । यस्तो ऋणको अधिकतम अबधी ५ बर्ष कायम गर्नुपर्ने माग राखिएको छ ।
साथै, कोभिड–१९ का कारणले पर्यटन यातायात संचालन नभएको अवस्थामा सवारी कर पूर्ण रुपले छुट गर्नुका साथै आ.व. २०७६÷७७ र २०७७÷७८ को जरिवाना पूर्ण छुट गर्नु पर्ने पर्यटकीय यातायात व्यवसायीहरुको लागि ३% मा कर्जा उपलब्ध गराउनु पर्ने साथै सवारी साधन जांचपास तथा प्रदुषण परिक्षण शिर्षकमा लाग्ने कर तथा जरिवाना एक बर्षको लागि सतप्रतिशत मिनाहा गर्नु पर्ने । सवारी साधन संचालन नरहेको अवधिलाई शुन्य समय गणना गरि सवारी साधनको विमा वापतको रकमलाई कम्तिमा १ बर्षको लागि मिनाहा गर्नुपर्ने वि ज्ञप्तीमा उल्लेख गरिएको छ ।
पर्यटन एक बहुआयामिक उद्योग भएको र यसले राज्यका सम्पूर्ण निकायहरु, उद्योग÷ व्यापार–व्यवसायहरु तथा सबै प्रकारका जनशक्तिहरुसंग प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा अन्तरसम्बन्ध कायम गरी सबैका लागि आर्थिक लगायतका लाभ प्रदान गराउने कुरामा दुई मत नरहेको बताउदै पर्यटन सम्बद्ध संस्थाहरुले एउटा पर्यटकको आगमनले फरक–फरक दक्षता र क्षेत्रका १२ जना जनशक्ति प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लाभान्वित हुने यथार्थता विद्यमान भएतापनि सरकारद्वारा पर्यटन क्षेत्रलाई साँघुरो दायरा भित्र लिनु अतिकम प्राथमिकताको उद्योगको रुपमा हेरिनु र पर्यटन सम्बद्ध संघ÷संस्थाहरुले पर्यटन क्षेत्रको हकहित र दीगो बिकासका लागि उठाइएका माग एवम् सुझावहरु पटक–पटक यथोचित सम्बोधन नहुनु दुर्भाग्य एवम् विडम्बनापूर्ण रहेको पनि जनाईएको छ ।
कोभिड–१९ को महामारीले अत्यन्तै प्रभावित तथा शिथिल बनेको पर्यटन उद्योगको वर्तमान अवस्थामा संघर्ष गर्नपरिरहेको बिषय उठान गर्दै संकटले निम्त्याएको अन्योलता र अनिश्चितताका कारण कतिपय व्यवसाय सदाका लागि बन्द हुने र दक्षजनशक्तिहरु पलायन हुने अवस्था रहेको भन्दै पर्यटन व्यवसायीहरुको तर्फबाट चिन्ता जायर गरिएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्