प्रभावकारी बनाइँदै उपत्यकामा ‘नो हर्न’ अभियान
काठमाडौँ । उपत्यकामा ‘नो हर्न’ अभियानलाई थप प्रभावकारी बनाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘नो हर्न’ अभियान प्रभावकारी बनाउन आजदेखि स्टिकर टाँस्न थालेको छ ।
उपत्यकामा २०७४ वैशाख १ गतेदेखि हर्न निषेधित क्षेत्र घोषणा गरेको थियो । त्यसपछि हर्नको प्रयोगमा कमी आउनुको साथै सुरुआती दिनमा यसको कार्यान्वयन प्रभावकारी भएको थियो । यद्यपि कोभिड–१९ का कारण पछिल्ला दिनमा क्रमशः हर्नको प्रयोगमा वृद्धि हुँदै गएकाले प्रहरीले पुन अभियान सुरु गरेको हो । महाशाखाले उक्त स्टीकर चालकले देख्ने गरी अगाडिको सिसामा टाँस गरिएको छ ।
महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराइले उक्त अभियानलाई प्रभावकारी बनाउन आजैबाट उपत्यकाको ३८ ट्राफिक कार्यालयले एकैसाथ ५० हजार नो हर्न स्टीकर टाँस गरी अभियान सुरु गरेको जानकारी दिनुभयो ।
उहाँले केही समययता अनावश्यक हर्नको प्रयोगमा क्रमश वृद्धि भइरहेको महसुस गरी थप कडाइ गर्न थालिएको बताउनुभयो । उहाँले अति आवश्यक नपरी हर्नको प्रयोग नगर्न पनि अनुरोध गर्नुभएको छ । यसरी प्रयोग गरेको पाइएमा कारबाहीको दायरामा ल्याइने जनाइएको छ । अनावश्यकरूपमा हर्न बजाउँदा ध्वनि प्रदूषण हुनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #‘नो हर्न’ अभियान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्