प्रेमीको घरमा प्रेमिकाद्वारा झुण्डिएर आत्महत्या
उदयपुरको त्रियुगा नगरपालिकामा प्रेमिकाले प्रेमीको घरमा झुण्डिएर आत्महत्या गरेकी छन् । वेलका नगरपालिका–२ करहैयाकी सावित्रा कुमारी चौधरीले २४ साउनमा प्रेमी त्रियुगा–३ ठाँडीका विष्णुदेव पञ्जियारको घरमा पुगेर आत्महत्या गरेकी हुन् ।
सावित्रा २३ साउनमा विष्णुका घरमा पुगेकी थिइन् । उदयपुर प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराका अनुसार सावित्राले विष्णुको घरको बलोमा सलको पासो लगाएर आत्महत्या गरेकी हुन् । २४ वर्षीय विष्णु र ३१ वर्षीया सावित्रा डेढ वर्षदेखि प्रेम सम्बन्धमा थिए । विष्णु नेपाल विद्युत् प्राधिकरण बेल्टार शाखा स्थित हडियामा कार्यरत थिए । इलेक्ट्रिसियन पदमा कार्यरत विष्णुको सावित्रासँग त्यहीँ चिनजान भएको थियो ।
विष्णुको घरमा अर्की युवतीसमेत रहेको चाल पाएपछि सहन नसकेर सावित्राले आत्महत्या गरेको प्रहरीले जनाएको छ । यसैबीच मृतकका बाबु देवनारायण चौधरीको उजुरीका आधारमा प्रहरीले विष्णुदेवलाई नियन्त्रणमा लिएर आत्महत्या दुरुत्साहन मुद्दामा कारबाही अघि बढाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #आत्महत्या
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्