एमाले काठमाडौं महानगर कमिटीको ५१ सदस्यीय सचिवालय गठन
नेकपा एमाले काठमाडौं महानगर कमिटीको दोश्रो पूर्ण बैठक सम्पन्न भएको छ। नेकपा एमाले काठमाण्डौ महानगर कमिटीका अध्यक्ष निर्मल देउलाको अध्यक्षता र संचालनमा भएको बैठकले ५१ सदस्यीय महानगर सचिवालयको गठन गरेको छ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा महानगर इन्चार्ज नारायण सिलवाल ,प्रतिनिधि सभा सदस्य रामवीर मानन्धर ,प्रदेस सभा सदस्यहरु केशव स्थापित ,राजेस शाक्य , काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य , काठमाण्डौ जिल्लाका पुर्व अध्यक्ष निर्मल कुइकेल लगायतको उपस्थिति रहेको बैठकले वडा कमिटी र जनवर्गीय संगठनको ईन्चार्ज तोक्ने अधिकार सचिवालयलाई दिएको छ।
काठमाण्डौ महानगरपालिकाका ३२ वडामा कार्यालय बनाउन बाँकी रहेका वडाहरुमा तत्काल कार्यालयको स्थापना गर्ने, टोल कमिटीहरुको गठन गर्ने, वडा कमिटीका बैठकहरु नियमित गर्नुका साथै पार्टी सदस्यता नवीकरण र वितरणलाई थप व्यवस्थित बनाउन शाखा कमिटीहरुलाई निर्देशन दिएको बैठकले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको भेला आयोजना गर्ने, विविध किसिमका सामाजिक कार्यक्रमहरु आयोजना गर्ने निर्णय समेत गरेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #एमाले काठमाडौं महानगर कमिटी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्