चितवनमा दुइ जना फरार प्रतिवादी पक्राउ
चितवन । चितवन प्रहरीले दुइ जना फरार प्रतिवादीलाइ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार बन पैदावर चोरी निकासी तथा सरकारी छाप दस्तखत किर्ते मुद्दामा फरार दुइ जना प्रतिवादीलाइ पक्राउ गरेको जनाएको हो ।
प्रहरीका अनुसार जिल्ला अदालत चितवनको गत, मंसिर १७ गतेको फैसलाले बन पैदावर चोरी निकासी मुद्दामा दुई लाख छ हजार नौ सय साठी जरीवाना तोकेर फरार रहेका खैरहनी नगरपालिका वडा नम्बर १ बस्ने ३० बर्षीया बिनोद बुर्लाकोटी र जिल्ला अदालत धादिङको २०७४ माघ २८ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्दामा १ बर्ष कैद र पचास रुपैयाँ जरीवाना तोकेर फरार रहेका साविक खैरहनी नगरपालिका वडा नम्बर २ बस्ने २६ बर्षीया संजोग भट्ट लाई हिजो (आइतबार) पक्राउ गरेर सोमबार सार्वजनिक गरेको हो । पक्राउ परेका दुवैलाइ फैसला कार्यान्वयनका लागी सम्मानित चितवन जिल्ला अदालतमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्