यहि साउन २६ गते देखि ३० गते सम्म पाँच दिन उद्घोषण कला तालिम हुने
यहि साउन २६ गते देखि ३० गते सम्म पाँच दिन उद्घोषण कला तालिम हुने भएको छ। सार्वजनिक भाषण कला र कार्यक्रम संचालनका विभिन्न शैदान्तिक र प्रयोगात्मक विषयहरु समेटेर तयार पारिएको पाठ्यक्रमका आधारमा सो तालिम हुनेछ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० मिलन चोकमा रहेको जोसेफ मावीमा बेलुका ४.३० बजे देखि ६.३० बजे सम्म दुई घण्टा संचालन हुने सो तालिममा जो सुकै पनि सहभागी हुन् सक्ने आयोजक संस्थाले जानकारी दिएको छ।
सहभागीहरुको क्षेमता विकासका लागि उद्घोषण कलाको परिचय ,गुण ,शिप ,कार्यक्रम तालिका निर्माण ,संचालन ,नमुना कार्यक्रम प्रस्तुति,वक्तृत्व कला प्रतियोगिता जस्ता विषयहरु समेटेर संचालन गरिने सो तालिममा सहभागिताका लागि ९८५११८५५७० वा ९८४११७६७९६ मा सम्पर्क गर्न सकिने प्रशिक्षक पुन्यराज पुडासैनीले जानकारी दिएका छन।
औपचारिक/अनौपचारिक कार्यक्रम ,संबोधन , प्रस्तुतिकरण ,प्राविधिक शिप सहित मंचमा निर्धक्क संग बोल्न सक्ने गरी ५ दिन हुने उक्त तालिमको प्रवेस शुल्क २ हजार रहेको जानकारी दिदै आयोजक विकल सापकोटाले उक्त तालिममा सहभागिताका लागि साउन २५ गते भित्र नाम दर्ता गराइसक्नु पर्ने बताएका छन।
क्याटेगोरी : समाचार
ट्याग : #उद्घोषण कला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्