अन्ततः कक्षा १२ को परीक्षा पुनः स्थगित
साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
बोर्डको आज शनिबार बसेको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको हो ।
कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण परीक्षा सञ्चालन गर्न कठिनाइ उत्पन्न भएकाले स्थगित गरिएको बोर्डको भनाइ छ । हाल स्थगित गरिएको परीक्षा अब १५ दिनअघि सूचना निकालेर पछि सञ्चालन गरिने छ ।
यसअघि कोरोना महामारीका कारण रोकिएको उक्त परीक्षा यही साउन ३१ गतेदेखि शुरु गर्ने तयारी बोर्डले गरिरहेका बेला पुनः स्थगित गर्न स्वास्थ्य मन्त्रालयले हिजो शुक्रबार कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)लाई सिफारिश गरेको थियो । त्यसको भोलिपल्ट आज बोर्डको बैठक बसेर परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
बोर्डले भौतिक दूरी कायम गरी एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राख्ने गरी तयारी थालेको थियो । परीक्षा अगावै अनिवार्य रुपमा पीसीआर परीक्षण गर्ने, परीक्षा केन्द्रमा स्वास्थ्य परीक्षण गर्ने र केन्द्रमा हेल्थडेस्क राख्ने लगायतको तयारी थियो ।
तर पछिल्लो समय कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेको भन्दै स्वास्थ्य मन्त्रालयले परीक्षा रोक्न शिक्षा मन्त्रालय र सीसीएमसीलाई सिफारिश गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रिय परीक्षा बोर्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्