खैरो हिरोइन सहित चार जना पक्राउ
चितवन । चितवन प्रहरीले प्रतिबन्धित लागूऔषध खैरो हिरोइन सहित ४ जनालाइ पक्राउ गरेको छ ।
पुर्वी चितवनको खैरहनी नगरपालिका वर्डा नम्बर ७ स्थित सुर्तनामा हरिशरण चौधरीको माछापोखरीमा रहेको निर्माणाधीन टहरोमा केही व्यक्तिहरुले लागूऔषध सेवन तथा बिक्रि बितरण गर्दै गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले खैरहनी नगरपालिका वडा नंम्बर ७ सुर्तनी वस्ने ३१ बर्षिया भरत भन्ने खेमराज न्यौपाने, खैरहनी नगरलालिका वडा नंम्बर ६ पर्सा बस्ने २९ बर्षिया मुकेश चौधरी, भरतपुर महानगरपालिका वडा नंम्बर २ क्षेत्रपुर बस्ने ३४ बर्षिया सोनु भन्ने गौरव पाण्डे र सोही ठाउँ बस्ने ३६ बर्षिया दिपक पाण्डेलाइ पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको शरीर खानतलासी गर्दा प्रहरीले लागूऔषध खैरो हेरोईन ३ ग्राम ७३० मिलिग्राम र नगद तीसहजार रुपैयाँ बरामद गरेको थियो । पक्राउ परेकाहरु उपर लागू औषध कसुरमा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पछिल्लो समय चितवन प्रहरी लागूऔषध ओसारपसार गर्ने तथा सेवन गर्नेहरू विरुद्ध आक्रमक बन्दै आएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्