पाँच महिनामा करिब २ लाख नयाँ संक्रमित थपिने सरकारको प्रक्षेपण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो (साउन) महिनापछि नेपालमा कोरोना भाइरसको संक्रमण क्रमशः घट्दै जाने प्रक्षेपण गरेको छ ।
दोस्रो लहरको संक्रमण दरमा केही कमी आए पनि पछिल्लो समय कोरोना संक्रमितको संख्या लगातार उकालो लाग्दै गरेको अवस्थामा मन्त्रालयले यस्तो प्रक्षेपण गरेको हो । त्यस्तै साउनमा ५३ हजारभन्दा बढी कोरोनाका संक्रमित थपिने अनुमान पनि मन्त्रालयले गरेको छ । त्यसपछि क्रमशः संक्रमण घट्ने मन्त्रालयको दाबी छ ।
मन्त्रालय अन्तर्गतको नीति योजना तथा अनुमगन महाशाका प्रमुखले संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा उक्त संख्या मंसिरसम्म आधा भन्दा बढी घट्ने तथ्यांक पेश गरेका हुन् । बैठकमा महाशाखा प्रमुख डा. गुणराज लोहनीले आगामी मंसिरसम्म १ लाख ९३ हजार ८५६ जना नयाँ संक्रमित थपिने बताएका छन् ।
उनले पेश गरेको प्रतिवेदनअनुसार साउनमा ५३ हजार ३०७, भदौमा ४५ हजार ७२६, असोज महिनामा ३८ हजार ५९७ र कात्तिकमा १ हजार संक्रमितको संख्या पुग्ने छ । मंसिरसम्म यो तथ्यांक अझै घटेर २५ हजार १८३ पुग्ने प्रतिवेदनमा उल्लेख छ ।
पाँच महिनाको अवधिमा थपिएका नयाँ संक्रमितहरुमध्ये ३८ हजार ७७१ जनालाई उपचार सेवा आवश्यक पर्ने छ । तीमध्ये ९ हजार ६९३ जनालाई सघन उपचारको आवश्यकता पर्न सक्ने प्रतिवेदनमा उल्लेख छ । यसैबीच पछिल्लो समय तेस्रो लहर फैलिने सम्भावना रहेकाले स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने जनस्वास्थ्यविद्हरूको सल्लाह छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्