Techie IT
शनिबार, साउन २३,२०८३

झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न


नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको दिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको छ। उनको केही समयअघि दिल्लीको एपोलो अस्पतालमा नेप्रोलोजिस्ट डाक्टर अखिल मिश्राको नेतृत्वमा उपचार भइरहेको थियो।

बुधबार सर्जन डाक्टर सन्दीप गुलेरियाको नेतृत्वमा रहेको टिमले उनको मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको उनको सचिवालयले जनाएको छ।

‘अब उहाँ केही समय अस्पतालमै आराम गर्नुहुनेछ र आराम भएपश्चात् नेपाल फर्किनु हुनेछ’, उनका स्वकीय सचिव कृष्ण भट्टराईले भने।

स्वास्थ्यमा समस्या आएपछि गत असार २ गते उनलाई दिल्ली लगिएको थियो। ज्वरो र रगतमा हेमोग्लोबिनको कमीलगायत समस्या देखिएपछि काठमाडौं‌को नर्भिक अस्पताल भर्ना गरिएका खनाललाई थप उपचारका लागि दिल्ली लगिएको थियो।


क्याटेगोरी : समाचार
ट्याग : #झलनाथ खनाल


तपाईको कमेन्ट लेख्नुहोस्